यस्तो प्रविधि प्रयोग गरिएको छ वानप्लसको क्यामेरा नदेखिने फोनमा

भक्तपुर न्यूज

२५ पुष २०७६ १०:५१

यस्तो प्रविधि प्रयोग गरिएको छ वानप्लसको क्यामेरा नदेखिने फोनमा

काठमाडौं । कन्जुमर इलेक्ट्रोनिक शो (सीईएस) २०२० मा वानप्लसले ‘कन्सेप्टवान’ मोबाइल सार्वजनिक गरेको छ । जसमा पछाडी इनभिजिबल अर्थात नदेखिने क्यामेरा छ ।

यसको लागि वानप्लसले ‘मिक लारेन’ सँग सहकार्य गरेको छ । मिक लारेन ७२० एस स्पाइडर गाडीमा प्रयोग गरिएको ‘इलेक्ट्रोक्रोमिक ग्लास’ प्रविधि अब वानप्लसमा देख्न सकिने छ ।

इलेक्ट्रोक्रोमिक ग्लास प्रविधिले क्यामेरालाई देखिने र नदेखिने दुवै बनाउछ । जब फोनको क्यामेरा प्रयोग हुन्छ तब क्यामेरा देखिन्छ । यदि क्यामेरा प्रयोग भएन भने क्यामेरा देखिदैन ।

उक्त फोनमा क्यामेरा खोल्न ०.७ सेकेण्ड लाग्छ । करिब १८ महिना लगाएर निर्माण गरेको यो फोन कहिले देखि बजारमा आउँछ र यसको मूल्य कति छ पर्छ यसको घोषणा वानप्लसले गरेको छैन् ।

प्रकाशित मितिः २०७६ पौष २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *