टीभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर सार्वजनिक
पोखरा । नयाँ फिचरसहितको टीभीएस एनटर्क १२५ रेस एडिसन स्कुटर पोखरा बजार भित्रिएको छ । सो स्कुटरको गण्डकी तथा धौलागिरीको आधिकारिक बिक्रेता बतास ब्रदर्श प्रालिमा अभिनेत्री स्वस्तिका खड्का, जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दीपक अग्रवाल र बतास ब्रदर्सका कार्यकारी निर्देशक प्रमेश पराजुलीले संयुक्त रुपमा सार्वजनिक गरे ।
कार्यक्रममा टीभीएस मोटर कम्पनीका इन्टरनेशनल बिजेनस एक्जुकेटिभ भाइस प्रेसिडेन्ट आर दिलीपले सो स्कूटर नेपालमा सार्वजनिक गरेयता यसको जेन जेड ग्राहकमाफ निकै लोकप्रिय रहेको बताए । उनले भने, ‘विश्वभर हामीसँग एनटर्कमा करिब ४ लाख भन्दा बढी उपभोक्ता छन् र यो सार्वजनिकसँगै अझ बढी ग्राहक विकास गर्नेमा विश्वस्त छौं ।’
जगदम्बा मोटर्स प्रालिका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले एनटर्क सार्वजनिकसँगै नेपालको स्कुटर बजारमा ठूलो परिवर्तन आएको दाबी गरे ।
प्रकाशित मितिः २०७६ पुस १७ बिहीबार