टर्कीलाई विकिपिडियामाथिको अवरोध खोल्न अदालतको आदेश

भक्तपुर न्यूज

११ पुष २०७६ ९:१६

टर्कीलाई विकिपिडियामाथिको अवरोध खोल्न अदालतको आदेश

काठमाडौं । टर्कीको संवैधानिक अदालतले विकिपिडियामाथि सरकारले लगाएको अवरोध असंवैधानिक भएको बताएको छ । अदालतले सो कार्य अभिव्यक्तिको स्वतन्त्रताको उल्लंघन भएको जनाउँदै सो अवरोध तत्काल हटाउन आदेश दिएको छ ।

टर्की सरकारले विकिपिडियामाथि सन् २०१७मा रोक लगाएको थियो । टर्की सरकारका विरुद्धमा लेख्ने वेवसाइटलाई त्यहाँको सरकारले बन्द गर्ने क्रममा विकिपिडियामाथि रोक लगाएको थियो । विकिपिडिया फाउण्डेसनले सो प्रकरणमा गएको मे महिनामा युरोपियन कोर्ट अफ हुमन राइट्स (ईसीएचआर)मा पनि मुद्दा हालेको थियो । (बीबीसी)

प्रकाशित मितिः२०७६ पुस ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *