फेसबुकको मुख्य एपमा पनि डार्क मोड फिचर

भक्तपुर न्यूज

१ भदौ २०७६ ९:५९

फेसबुकको मुख्य एपमा पनि डार्क मोड फिचर

काठमाडौँ ।पछिल्ला केही महिना यता हामीले विभिन्न एपहरुमा डार्क मोड फिचर थप गरिएको देखेका छौं । यो वर्षको एन्ड्रोइड क्यू तथा आइओएस १३ अपरेटिङ सिस्टममा यो फिचर सबैभन्दा चर्चाको फिचरको रुपमा रहेको छ । अब यो फिचरलाई अन्य विभिन्न एपहरुले पनि अबलम्बन गरी आफ्नो एपलाई नयाँ लुक दिने प्रयास गरिरहेका छन् ।

यसमध्ये एउटा मुख्य एप फेसबुक हो । यो वर्षको सुरुवातमै फेसबुकले आफ्नो मेसेन्जर एपमा डार्क मोड फिचर ल्याएको थियो । अब फेसबुकले आफ्नो मूख्य एपमा पनि यो फिचर ल्याउँदैछ ।

यद्यपि यस बारेमा फेसबुक कम्पनीले आधिकारिक रुपमा केही बताएको छैन । तर हालै शोधकर्ताले फेसबुकमा यस्तो कोड फेला पारेका छन् जसले डार्क मोड फिचरको संकेत दिएको छ ।शोधकर्ता जेन मान्चुन वोंगले फेसबुकले मोबाइल एपमा यस्तो फिचर थप गर्न लागेको आफ्नो ब्लगमा उल्लेख गरेकी छिन् ।

उनले यस विषयमा ट्वीट समेत गर्दै यो फिचरको स्क्रिनशट पनि शेयर गरेकी छिन् । उक्त स्क्रिनशटमा फेसबुकको मूख्य एपमा डार्क मोड फिचर जस्तो देखिएको छ।

वांगले फेसबुक मोबाइल एपमा डार्क मोड फिचरको विषयलाई लिएर आफु पनि उत्साहित रहेको बताएकी छिन् । यो फिचर अहिले परीक्षणको सुरुवाती चरणमा रहेको बताइएको छ । डार्क मोड सपोर्टका लागि एपका केही भागमा परिवर्तनकोे काम चलिरहेको छ । जस्तै अँध्यारो पृष्ठभूमिमा गाढा अक्षरहरु देखाउने ।

उनका अनुसार अँध्यारो खैरो पृष्ठभूमिमा धेरैजसो अक्षरहरु सेतो रङमा देखिनेछन् । फेसबुकको मूख्य एपमा यो फिचर लागू हुनका लागि अझै केही समय लाग्ने बताइएको छ ।एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ १ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *