प्रतीक्षित तथा सर्वोत्कृष्ट रेडमी के२० सिरिज नेपाली बजारमा

भक्तपुर न्यूज

२७ साउन २०७६ १०:११

प्रतीक्षित तथा सर्वोत्कृष्ट रेडमी के२० सिरिज नेपाली बजारमा

काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरको बहुप्रतिक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन– रेडमी के२० र रेडमी के२० प्रो नेपाली बजारमा भित्रिएको छ।

रेडमी के२० र रेडमी के२० प्रो लेफ्ल्यागसिपको प्रतिज्ञा गर्दै दुवै उपकरणमा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने आधुनिक प्रविधिसहित नेपाली बजारमा भित्रिएको हो।

प्रो मा चारैतिर न्यूनतम बेजेल भएको १६.२ सीएम (६.३९) १९.५:९ पूर्ण एचडी प्लस होरिजन डिस्प्ले रहेको छ।

२० एमपी पप–अप सेल्फी क्यामेरासँगै, रेडमी के२०
सिरिजमा स्क्रीन देखि बडीको अनुपात अविश्वसनीय रुपमा ९१.९% रहेको छ जुन यस इन्डस्ट्रीकै उच्च हो। होरिजन ब्ःइीभ्म् डिस्प्लेमा ७औं जेनेरेशनको इन–डिस्प्ले स्क्यानर रहेको छ र कव्र्ड कर्निंग गोरिला ग्लास ५ ले दुवै फोनलाई सुरक्षित बनाएको छ।

रेडमी के२० सिरिजमा सुन्दर औरा प्राइम शैलीको प्रयोग गरिएको छ, जसले एकै समयमा कार्यक्षमता कायम राख्दै यसलाई असाधारण रुपले सुन्दर बनाएको छ।

उद्योगमै पहिलोपटक रेडमी के२० ले फायर एण्ड आईसबाट प्रेरित भएर ग्लेशियर ब्लू, फ्लेम रेड र कार्बन ब्लाक कलर भेरियन्टमा फोनहरु उपलब्ध गराएको छ।

एस्थेटिक्स डिपार्टमेन्ट एलईडी नोटीफिकेसन पल्सेट गरेर पूर्ण हुन्छ जुन पप–अप क्यामेरा संयन्त्रको (कम्तिमा ३००,००० पटक काम गर्न परिक्षण गरिएको) शिर्षमा क्यामेरा मोड्यूलको वरपर स्टाइलिस हलो रिंगका साथ रहेको छ।

रेडमी के२० सिरिजमा ४८ एमपी मुख्य क्यामेरा, ८ एमपी टेलिफोटो र १३ एमपी चौंडा कोणहरु सहित एआई ट्रिपल क्यामेरा रहेको छ।

यो फोनमा ४००० एमएएच ब्याट्री रहेको छ, र निरन्तर प्रयोगको बावजुत पनि यसको ब्याट्री दुई दिनसम्म आनन्दले टिक्छ । दुवै फोनमा टाईप–सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक र फास्ट–चार्ज सपोर्ट रहेको छ ।

रेडमी के२० उच्च गुणस्तरीय रहेको छ, न्यानो–कोटिङले फोनलाई स्प्ल्यास प्रुफ बनाएको छ साथै दुवै फोनको अघिल्लो तथा पछिल्लो भागमा रहेको कर्निंग गोरिला ग्लास ५ ले यसलाई टिकाउ, दिगो र सुन्दर बनाएको छ। अन्य सहजज्ञ गुणस्तर सुधार अन्तर्गत यसले फोन खस्न लागेमा पप–अप क्यामेरा स्वचालित रुपमा रिट्रयाक्ट गर्दछ।

यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले भने, ‘हामी नेपालमा रेडमी के२० सिरिज भित्र्याउन पाउँदा निकै प्रसन्न छौं । रेडमी फ्ल्यागसिप सिरिजको रुपमा नेपालमा पहिलो रेडमी के२० तथा के२० प्रो ले चरम फ्ल्यागसिप अनुभवलाई साच्चैं नै पुनः परिभाषित गर्दछ।

उनले भने, ‘नयाँ पप–अप क्यामेराको साथै स्क्रीन, इन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर सहित यस फोनले एमआई फ्यानहरुलाई वास्तवमै सुलभ मूल्यमा उच्च गुणस्तरीय तथा अत्याधुनिक प्रविधि प्रदान गर्दछ। हामी एकदमै खुसी छौं कि एमआई फ्यानहरु र नेपालका सम्पूर्ण प्रयोगकर्ताले रेडमी के२० र रेडमी के२० प्रो मा क्वालकम स्न्यापड्रेगन ८५५ र क्वालकम स्न्यापड्रेगन ७३०को अनुभव लिन सक्नेछन्।”

रेडमी के२० प्रो– अल्फा फ्ल्यागसिप
रेडमी के२० प्रो प्रयोगकर्ताको खुसीका लागि अटल फ्ल्यागसिप हो । यो क्वालकम स्न्यापड्रेगन ८५५ मोबाइल प्ल्याटफर्ममा आधारित पहिलो रेडमी फोन हो र यसमा विश्वकै सबैभन्दा तेज प्रोसेसर छ (अघिल्लो एसडी ८४५ भन्दा ४५% तीव्र)।

स्न्यापड्रेगन ८५५ को ट्राई–क्लस्टर आर्किटेक्चर (ज्ञह प्राइम कोर, घह गोल्ड कोर, द्धह सिल्भर कोर) र ७ एनएम आर्किटेक्चरले रेडमी के२० प्रो लाई विशाल प्रोसेसिङ आट प्रदान गर्दै विश्वकै सबैभन्दा शक्तिशाली स्मार्टफोन बनाएको छ।

रेडमी के२० प्रो मा सोनी क्ष्ःह्छडट सेन्सर भएको ४८ एमपी एआई मुख्य क्यामेरा, ८ एमपी २ह टेलिफोटो क्यामेरा र १२४.८ ड्ढ फिल्ड भ्यू सहितको १३ एमपी अल्ट्रा–वाइड क्यामेरा रहेको छ। यो फोनहरु दुईवटा स्टोरेज भेरियन्ट (६ जीबी र १२८जीबी र ८ जीबी र २५६ जीबी)र तीनवटा रंगहरुमा उपलब्ध रहेको छ।

उच्च रिजोलुसन डिजिटलदेखि एनालग कन्भटरले गर्दा रेडमी के२० प्रो मा लसलेस अडियोलाई पुनः प्ले (२४ बिट, १९२ केएचजेड सम्म) गर्ने क्षमता छ साथै डूअल जीपीएस एन्टेनाले जीपीएस पिनपोइन्टको सूक्ष्मता सूनिश्चित गर्दछ । रेडमी के२० प्रो ले २७ वाट्ट “सोनीकचार्ज” सपोर्ट गर्दछ र यसमा १८ वाट्ट चार्जर पनि आउँछ।

रेडमी के२०को दायरालाई फैलाउन सकिने
रेडमी के२० नयाँ क्वालकम स्न्यापड्रेगन ७३० भएको पहिलो फोन हो र स्न्यापड्रेगन ७३० क्वालकमले ल्याएको तेस्रो तीव्र चीपसेट (एसडी ८४५ र एसडी ८५५ भन्दा पछाडि) हो जुन अघिल्लो स्न्यापड्रेगन ७१० भन्दा ४०% ले तीव्र छ । यसले रेडमी के२० लाई मिड-प्रिमियम सेगमेन्टमा सबैभन्दा शक्तिशाली फोन बनाएको छ।

रेडमी के२० मा पनि रेडमी के२० प्रो मा जस्तै मा सोनी क्ष्ःह्छडट सेन्सर भएको एआई ट्रिपल ४८ एमपी मुख्य क्यामेरा रहेको छ । यसले १८ वाट्टको फास्ट चार्जिङ सर्पोट गर्दछ।

यो रेडमी के२० प्रो अगष्ट ११ तारिकबाट तीनवटा रंग – फ्लेम रेड, ग्लेसियर ब्लू र कार्बन ब्लाक कलरमा रहेको छ जसको मूल्‍य ८ जीबी प्लस २५६ जीबी भेरियन्ट रु ४९,९९९ मा उपलब्ध हुनेछ। रेडमी के२० को ३९,९९९ मा ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा किन्‍न सकिन्छ।

प्रकाशित मितिः २०७६ साउन २७ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *