इन्स्टाग्राम ह्याक हुन सक्ने कमजोरी पत्ता लगाए यी खोजकर्ताले, पाए ३० हजार डलर इनाम

भक्तपुर न्यूज

४ साउन २०७६ ६:२०

इन्स्टाग्राम ह्याक हुन सक्ने कमजोरी पत्ता लगाए यी खोजकर्ताले, पाए ३० हजार डलर इनाम

काठमाडौँ । भारतको चेन्नईको सुरक्षा खोजकर्ता लक्ष्मण मुथैयाले बहुचर्चीत सामाजिक संजाल इन्स्टाग्राममा कमजोरी भेटेका छन् । उनले इन्स्टाग्राममा ह्याक हुन सक्ने कमजोरी पत्ता लगाएका हुन् । उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई इन्स्टाग्राम एकाउन्ट ह्याक हुन सक्ने र पासवर्ड पनि रिसेट गर्न मिल्ने बताएका छन् ।

उनले आफ्नो खोजमा इन्स्टाग्राम एकाउन्टमा पासवर्ड रिसेट कसरी गर्न सकिन्छ भनेर विस्तृत जानकारी पनि दिएका थिए । आफ्नो ब्लगमा खोजसम्बन्धी एक लेख लेख्दै मुथैयाले भनेका छन्, ‘मैले फेसबुक सुरक्षा टीमलाई यससम्बन्धी जानकारी दिएको थिएँ । मैले एक रिपोर्ट पनि लेखेर पठाएको थिएँ । तर उनीहरूले यो गडबडीलाई मान्न तयार भएनन् ।’

उनले भने, ‘त्यसपछि मैले एउटा कन्सेप्ट भिडियो बनाएर उनीहरूलाई पठाएँ । भिडियो हेरिसकेपछि उनीहरूलाई इन्स्टाग्रामको गडबडी थाहा भयो र त्यो कमजोरीलाई सुधारे । मलाई बाउन्टी प्रोग्राममार्फत ३० हजार डलरको इनाम पनि पठाए उनीहरूले ।’

मुथैयाले यस अघी फेसबुकको डाटा डीलिसन र डाटा डीस्क्लोजर बग पनि पत्ता लगाइसकेका छन् । डाटा डीलिसन बगले पासवर्ड बिना नै फेसबुक एकाउन्टको फोटो डिलेट गर्न सक्छ भने डाटा डीस्क्लोजर बगले फेसबुक एकाउन्टमा रहेका सबै फोटोहरूमा ह्याकरको पहुँच पुर्याउने काम गर्थ्यो ।एजेन्सी

प्रकाशित मितिः २०७६ साउन ४ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *