दशैं–तिहारभरि ‘डिजिटल वालेट’ मा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने

भक्तपुर न्यूज

२२ असोज २०८१ १५:०८

दशैं–तिहारभरि ‘डिजिटल वालेट’ मा दैनिक ३० पटकसम्म पैसा जम्मा गर्न पाइने

काठमाडौं । दशैं र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाउने सीमा बढाइएको छ । भुक्तानी प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा वृद्धि गरिएको जानकारी राष्ट्र बैंकले परिपत्रमार्फत दिएको हो ।

यसअघि प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो । दशैंको अवसरमा उक्त सीमा परिमार्जन गरेर एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यो व्यवस्था यही असोज २१ देखि कात्तिक १ गतेसम्म र कात्तिक १५ देखि २२ देखिसम्मका लागि हो ।

‘प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था रहेकोमा वडा दशैं र तिहारको अवसरमा उल्लिखित मितिभित्र प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढिमा ३० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था गर्नुपर्ने छ,’ राष्ट्र बैंकको परिपत्रमा भनिएको छ । उपरोक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम नियमित रुपमा आफूलाई जानकारी दिन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *