ओपरा वान ब्राउजर आईओएस प्लेटफर्ममा उपलब्ध
काठमाडौं । ब्राउजिङ कम्पनी ओपराले ओपरा वान आईओएस प्लेटफर्ममा समेत उपलब्ध गराएको छ । केही हप्ताको परीक्षण पश्चात ओपरा वान आईओएसमा आधिकारिक रूपमा सार्वजनिक भएको हो । सफारी र क्रोम मन नपर्ने आईफोन प्रयोगकर्ताका लागि ओपेरा वान अब अर्को विकल्प हुनेछ ।
ओपेरा वान एआई पावर्ड ब्राउजर हो । यसलाई कम्पनीले नयाँ फ्ल्यागशिप उत्पादन भन्दै आएको छ । ओपेरा वानमा एरिया एआईलाई पूर्ण रूपमा इनेबल गरिएको छ । यसले अपटुडेट वेब रिजल्ट, सूचना पुनः पाउन, टेक्स्ट र कोड जनेरेट गर्न तथा एआई च्याट गर्न सक्षम बनाउने छ ।
ओपेरा वानमा गूगलको इमेजेन २ इमेज जेनेरेटर समेत छ, जसले सजिलै इमेज जेनेरेट गर्न सक्छ र भ्वाइस इन्पुटको लागि अनुमति दिन्छ । यस बाहेक ओपराले इन बियुल्ट इन एड ब्लकर र फ्री भिडिएप सुविधा समेत दिदै आएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
८ वैशाख २०८२ १६:४२