सात इन्टरनेट सेवा प्रदायकहरूको अनुमति पत्र खारेज

भक्तपुर न्यूज

२ असार २०८१ ७:२०

सात इन्टरनेट सेवा प्रदायकहरूको अनुमति पत्र खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको लाइसेन्स खारेज गरेको छ । प्राधिकरणे इन्टरनेट (इ-मेल सहितको) सेवा सञ्चालन गर्न समयमै अनुमति पत्र नवीकरण नगर्नै सात कम्पनीहरूको लाइसेन्स खारेज गरेको हो ।

प्राधिकरणका अनुसार मोरङको बशिष्ठ केबल प्राली, मारेङकै इन्फो नेट टेक्नोलोजी प्राली, जुम्लाको सिम्पल इन्टरनेट सिष्टम एण्ड टेक्नोलोजी प्राली, झापाको एसिया नेट कम्युनिकेशन प्राली, गुल्मीको फास्ट स्पिड लिङ्क नेटवर्क प्राली, धनुषाको यस नेट नेपाल प्राली र काठमाडौंको मिथिला डिजिटल नेपाल प्रालीको अनुमति पत्र रद्द गरेको हो ।

अनुमति पत्र नवीकरण गर्न तोकिएको समयावधि भित्र अनुमति पत्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमति पत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले सेवा प्रदायकहरूको अनुमति पत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको प्राधिकरणले उल्लेख गरेको छ । साथै उक्त सेवा प्रदायकहरूले सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र तिर्नुपर्ने रकम बुझाउन निर्देशन समेत दिएको छ ।

प्रकाशित मितिः २०८१ असार ०२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *