मासिक १ हजारमा फाइबर इन्टरनेट, आईपीटिभी, मोबाइल डेटा र भ्वाइस कल दिंदै टेलिकम
काठमाडौं । नेपाल टेलिकमका ग्राहकले मासिक एक हजार रुपैयाँमा फाइबर इन्टरनेट, आईपीटिभी, मोबाइल डेटा र भ्वाइस कलको सुविधा पाउने भएका छन् । नयाँ इन्टरनेट प्रयोगकर्ताका लागि टेलिकमले प्रति वर्ष १२ हजार रुपैयाँमा यस्तो अफर दिन लागेको हो ।
यसअन्तर्गत ५० एमबीपीएसको इन्टरनेट, दैनिक ६०० एमबी मोबाइल डेटा, तीन हजार मिनेट भ्वाइस प्याक पाउन सकिन्छ । आईपीटिभीमा भने १८५ भन्दा बढी टिभी च्यानल उपलब्ध हुने टेलिकमले जनाएको छ । कम्पनीले यो प्याकेज वार्षिक ग्राहकका लागि उपलब्ध गराउने जनाएको छ । त्यसो हुँदा वार्षिक प्याकेज लिने ग्राहकले मासिक एक हजार रुपैयाँमै सो सुविधा पाउन सक्ने छन् ।
यो अफरबाट थप बुझ्न ०१-५९७००१९ फोन गर्न वा [email protected] मा इमेल पठाउन सकिनेछ ।
प्रकाशित मितिः २०८१ जेठ २८ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१४