सामसङ ग्यालेक्सी एम३५ फाइभजी स्मार्टफोन नेपाली बजारमा

भक्तपुर न्यूज

२७ जेठ २०८१ ७:५०

सामसङ ग्यालेक्सी एम३५ फाइभजी स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । नेपाली बजारमा सामसङको नयाँ स्मार्टफोन भित्रिएको छ । कम्पनीले हालै ग्यालेक्सी एम३५ मोडेको फाइभजी स्मार्टफोन ल्याएको हो । फोनमा ६००० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसमा कम्पनीले २५ वाटको फास्ट चार्जर उपलब्ध गराउँछ । यो फोन एक्सिनस १३८० प्रोसेसरबाट सञ्चालित छ ।

ग्राहकले ८ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा यो फोन खरिद गर्न सक्छन् । एन्ड्रोइड १४ मा आधारित वनयूआई ६.१ बाट चल्ने फोनमा कम्पनीले चार वर्षको ओएस अपडेट तथा पाँच वर्षको सेक्युरिटी प्याच दिने वाचा गरेको छ ।

१२० हर्जको रिफ्रेस रेटसहित ६.६ इन्चको फुल एचडी प्लस सुपर एमोलेड डिस्प्ले भएको फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा तथा २ मेगापिक्सेलको म्याक्रो क्यामेरा दिइएको छ ।

भिडिओ खिच्न रूचाउनेहरूले ३० एफपीएसमा फोरके रेकर्डिङ र ७२०पी मा २४० एमपीएसमा स्लो मोसन क्षमताहरूको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ । यसमा १३ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।

डल्बी एटमस सपोर्ट गर्ने फोनमा स्टेरियो स्पिकरहरू उपलब्ध छन् । कम्पनीका अनुसार यसले उत्कृष्ट र इमर्सभिभ अडियो अनुभव प्रदान गर्छ । तर यसमा कुनै हेडोफोन ज्याक छैन । नेपाली बजारमा यो फोनको मूल्य ४४ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

प्रकाशित मितिः २०८१ जेठ २७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय