गुगल सर्च सर्भर डाउन
काठमाडौं । पछिल्ला केही दिन यता गुगलका सेवाहरूमा समस्या देखिन थालेको छ । गए राति पनि केही प्रयोगकर्ताको डिभाइसमा गुगल सर्च डाउन भएको खबर आएको छ । अमेरिका, बेलायत, भारत समेत केही देशमा गुगल सर्चमा समस्या देखिएको बताइएको छ । समस्या नेपाली समयअनुसार राति ८ बजेपछि देखिन थालेको थियो । समस्या केही घण्टासम्म देखिएको बताइएको छ ।
गुगल म्यापमा पनि समस्या
डाउन डिटेक्टरको रिपोर्टअनुसार बेलायतमा ३०० भन्दा धेरै प्रयोगकर्ताले गुगल म्यापमा समस्या आएको बताएका थिए । अमेरिकामा १ हजार ४ भन्दा बढी प्रयोगकर्ताको गुगल म्यापले काम नगरेको बताइएको छ । त्यतिबेला गुगलको जीमेल, युट्युब र गुगल टकले भने राम्रोसँग काम गरिरहेको थियो । एजेन्सी
प्रकाशित मितिः २०८१ बैशाख २० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५