एटिएमबाट नगद ननिस्कए पनि खाताबाट काटिएको रकम कति दिनमा पाइन्छ ?

भक्तपुर न्यूज

११ वैशाख २०८१ ७:४७

एटिएमबाट नगद ननिस्कए पनि खाताबाट काटिएको रकम कति दिनमा पाइन्छ ?

काठमाडौं । कार्ड प्रयोग गरेर कुनै एटिएमबाट नगद निकाल्न खोज्दा कहिलेकाहीँ एटिएमले पैसा दिँदैन । प्राविधिक समस्याका कारण एटिएम मेसिनले पैसा नदिए पनि हाम्रो खाताबाट भने मौज्दात घट्न सक्छ ।

यस्तो अवस्थामा धेरै मानिसहरू पैसा हरायो भनेर आत्तिने गर्छन् । ग्राहकहरूले एटिएमबाट पैसा नपाए पनि नगद काटिएको जानकारी बैङ्कलाई गराए पनि नगराए पनि बैङ्कले निश्चित समयभित्र ग्राहकको खातामा रकमको हिसाब मिलाउनुपर्ने व्यवस्था रहेको छ ।

उपर्युक्त समयसीमाभित्र हिसाब मिलाउने दायित्व उपकरण जारी गर्ने र प्रयोग हुने दुवै संस्थाको हुन्छ । यस्तो रकम कति दिनमा फिर्ता पाइन्छ त ? हेरौँ तलका बुँदामा ।

१. कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम एउटै संस्थाको भएमा कारोबार भएपछिको एकदिन भित्रमा ।

२. कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम फरक संस्थाको भई दुवै नेपाली संस्था भएमा कारोबार भएपछिको तीन दिनभित्रमा ।

३. कार्ड जारी गर्ने संस्था र कार्ड प्रयोग भएको एटिएम फरक संस्थाको भई कुनै एक विदेशी संस्था भएमा कारोबार भएपछिको ३० दिनभित्रमा ।

प्रकाशित मितिः २०८१ बैशाख ११ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय