एप्पलले चीनको एप स्टोरबाट ह्वाट्सएप र थ्रेड हटायो

भक्तपुर न्यूज

७ वैशाख २०८१ ८:४४

एप्पलले चीनको एप स्टोरबाट ह्वाट्सएप र थ्रेड हटायो

काठमाडौं । एप्पलले चीनको एप स्टोरबाट ह्वाट्सएप र थ्रेड हटाएको छ । सीएनएनका अनुसार चीनको इन्टरनेट वाचडगले सो एपबाट राष्ट्रिय सुरक्षा प्रणालीमा असर पुर्याउने बताएपछि एप्पलले यस्तो कदम चालेको हो ।

एप्पलले भनेको छ, ‘हामी जुन देशमा काम गर्छौँ, असहमत नै भए पनि त्यो देशको कानुनप्रति प्रतिबद्ध हुन्छौँ, चीनको साइबर स्पेस एडमिनिस्ट्रेसनले आफ्नो राष्ट्रिय सुरक्षामा चासो देखाउँदै स्टोर फ्रन्टबाट एप हटाउन आदेश दिएको थियो । सोहीअनुसार उक्त एपहरु हटाइएको छ ।’

ह्वाट्सएप र थ्रेड मेटाको स्वामित्वमा रहेका एप हुन् । जुन यसअघि नै चीनले प्रतिबन्ध लगाइसकेको छ ।

प्रकाशित मितिः २०८१ बैशाख ०७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय