सामसङकाे ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक, के छन् विशेषता ?

भक्तपुर न्यूज

६ वैशाख २०८१ १०:०४

सामसङकाे ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक, के छन् विशेषता ?

काठमाडौं । सामसङले ५ हजार एमएचको ब्याट्री भएको ‘ग्यालेक्सी एम१४ एलटीई’ सार्वजनिक गरेको छ। यसको एफ१.८ लेन्स सहितको ५० एमपीको ट्रिपल मुख्य क्यामरा रहेको छ भने १३ एमपीको फ्रन्ट क्यामेरा रहेको छ।

अत्याधुनिक अक्टा–कोर प्रोसेसर र शक्तिशाली सुविधाहरू रहेको ग्यालेक्सी एम१४ को मुख्य क्यामेरा ले कम प्रकाशमा पनि उत्कृष्ट स्पष्टताको फोटो लिन सकिने कम्पनीले जनाएको छ। यसमा ६ एनएमको प्रोसेसर रहेको छ। ग्यालेक्सी एम१४ कीन्दा २५ वाटको फास्ट चार्जन पनि उपलब्ध हुनेछ। ग्यालेक्सी एम१४मा ६ जीबीको र्‍याम रहेको छ भने प्लस ६ जीबीको र्‍याम थप्न सकिने छ।

कम्पनीका अनुसार ग्यालेक्सी एम१४ मा Qualcomm Snapdragon 680 अक्टा–कोर प्रोसेसरले यसको सेगमेन्टमा बेग्लै मापदण्ड सेट गरेको छ। यो चिपसेटले सिमलेस गेम खेल्दा सहज हुने र ३ डी ग्राफिक्स गर्न प्रभावकारी हुने कम्पनीको भनाइ छ। ग्यालेक्सी एम१४ ६.७ प्लस एलसीडी इन्फीनीटी – यु रहेकोले इमर्सिभ दृश्य अनुभव प्रदान गर्न सकिने कम्पनीले जनाएको छ।

ग्यालेक्सी एम१४ मा एन्ड्रोइड १३ प्लेटफर्ममा निर्मित १ युआइ ५.१ कोर सुुविधा रहेको छ। यसमा generations सम्म OS अपग्रेड र ४ वर्षसम्मको सुरक्षा अपडेटहरूको ग्यारेन्टी दिने कम्पनीको भनाइ छ।

ग्यालेक्सी एम१४ एलटीइ निलो र गाढा निलोमा उपलब्ध रहेको छ। ४/६४ जीबी स्टोरेज भएको ग्यालेक्सी एम१४ एलटीइको मुल्य १६ हजार ९ सय ९९ रहेको छ भने ६/१२८ जीबी स्टोरेजको मुल्य २१ हजार ९ सय ९९ रहेको छ।

यो मोडेल आउँदो जेठ ५ गतेदेखि नेपाभरका रिटेल आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। यो मोडेल इन्स्टा फाइनान्स सेवाबाट पनि प्राप्त गर्न सकिने छ। यो सेवा मार्फत ०% ब्याज दरमा आफ्नो नागरिकताको साथ उपकरण प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ। इन्स्टा फाइनान्सको यो सेवा २० हजारभन्दा माथिका मोबाइलहरुमा नेपालभर उपलब्ध छ।

प्रकाशित मितिः २०८१ बैशाख ०६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय