अब फेसबुक मेसेन्जरबाट पनि एचडी फोटो पठाउन सकिने

भक्तपुर न्यूज

३ वैशाख २०८१ ११:२०

अब फेसबुक मेसेन्जरबाट पनि एचडी फोटो पठाउन सकिने

काठमाडौं । अब फेसबुक मेसेन्जरबाट पनि राम्रो गुणस्तर अर्थात एचडी क्वालिटीको फोटो पठाउन सकिने भएको छ । एचडी क्वालिटीको फोटोका साथै १०० एमबीसम्मका फाइलहरू पनि सजिलैसँग प्रयोगकर्तालाई पठाउन सकिने छ ।

म्यासेन्जरमा एचडी फोटो पठाउनका लागि दाहिने तिर एचडी ब्याजको संकेत देखिने छ । फेसबुकका अनुसार, प्रयोगकर्ताहरूले अझै पनि एसडी फोटोहरू पठाउन सक्ने छन्, जसले कम डाटा खपत गर्दछ ।

फेसबुक मेसेन्जरमा कसैलाई फोटो पठाउनको लागि फोटो चयन गर्नुपर्छ । यसका लागि मेनुमा एचडी फोटो टगल गरेपछि सेन्डमा क्लिक गर्नुपर्नेछ । एकै समयमा, एक भन्दा बढीलाई फोटो एल्बम सिर्जना गर्न वा यसलाई पुनः नामाकरण गर्नुपर्नेछ ।

यसपछि तपाईंले उक्त एल्बमबाट फोटो मेटाउन वा अर्को फोटो थप्न सक्नुहुन्छ । यसपछि तपाईले मिडिया मेनुबाट कुनै एक व्यक्ति वा समूहलाई सजिलैसँग फोटो पठाउन सक्नुहुन्छ ।

यस बाहेक मेटाले भर्खरै एचडी मिडिया पठाउने विकल्प पनि दिएको छ । यसमार्फत एचडी फोटोहरू स्वतः जानेछन् । यो फिचरले टेलिग्राम प्लेटफर्ममा काम गरेझैं काम गर्नेछ । प्रयोगकर्ताहरूले १०० एमबीका फाइलहरू निःशुल्क पठाउने विकल्प पनि दिइएको छ ।

प्रकाशित मितिः २०८१ बैशाख ०३ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय