गुगलले जेमिनाईको फिचर केही समयका लागि स्थगित गर्ने

भक्तपुर न्यूज

११ फागुन २०८० ९:३२

गुगलले जेमिनाईको फिचर केही समयका लागि स्थगित गर्ने

काठमाडौं । गुगलले शब्दकै भरमा तस्वीर तयार पार्ने जेमिनाईको फिचर केही समयका लागि स्थगित गर्ने भएको छ । ऐतिहासिक दृश्यलाई गलत ढङ्गले देखाएको भन्दै चर्को आलोचना भएपछि गुगलले उक्त फिचर स्थगित गर्न लागेको हो ।

शब्दकै भरमा फोटो तयार पार्न सक्ने माइक्रोसफ्ट र ओपनएआईको कोपाइलट र ड्याल-ई जस्ता टुलसँग प्रतिस्पर्धा गर्न गुगलले जेमिनाईमा उक्त फिचर ल्याएको थियो ।

“जेमिनाईले केही ऐतिहासिक तस्वीरलाई गलत रूपमा प्रस्तुत गरिरहेको प्रति हामी सचेत छौं,” गुगलले बुधबार ब्लगमार्फत भनेको छ, “यो समस्या समाधानका लागि हामी काम गरिरहेका छौं ।”

नोभेम्बर २०२२ मा ओपनएआईले ‘च्याटजीपीटी’ सार्वजनिक गरेसँगै गुगल पनि त्यही दौडमा लागेको छ । ओपनएआईलाई दिग्गज प्रविधि कम्पनी माइक्रोसफ्टले आर्थिक र अन्य किसिमका सहायता प्रदान गर्दै आइरहेको छ ।

जेमिनाई जस्तै एआई टुललाई ठूलो सङ्ख्याको डेटाबाट तालिम दिइएको हुन्छ । विज्ञहरूले यस्ता टुलबाट फोटो तयार पार्दा त्यसले रङ्ग अथवा लैङ्गिक विभेदलाई प्रोत्साहन गर्नसक्ने चेतावनी दिएका छन् ।

प्रकाशित मितिः २०८० फागुन ११ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय