असोजमा मात्रै एक खर्ब ४ अर्ब ६ करोडको स्मार्टफोन आयात

भक्तपुर न्यूज

१३ कार्तिक २०८० ८:०९

असोजमा मात्रै एक खर्ब ४ अर्ब ६ करोडको स्मार्टफोन आयात

काठमाडौं ।  चालु आव (२०८०/०८१)  को असोजमा स्मार्टफोन आयात दोब्बरले बढेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा स्मार्टफोनको माग बढ्ने हुँदा स्मार्टफोनको आयात बढेको हो ।

चालु आर्थिक वर्ष २०८०/०८१ को पहिलो तीन महिना (साउनदेखि असोज) सम्ममा ९ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ । भन्सार विभागका अनुसार तीन महिनाको अवधिमा ९ अर्ब ४३ करोड १९ लाख ३ हजार रुपैयाँ बराबरको ६ लाख ४२ हजार ४१५ पिस स्मार्टफोन आयात भएको हो । उक्त मूल्य बराबरको स्मार्टफोन नेपाल भित्रिदा एक अर्ब ७५ करोड ८९ लाख ५३ हजार रुपैयाँको राजश्व संकलन भएको छ ।

विभागका अनुसार असोज महिनामा मात्रै नेपालमा ४ अर्ब ६ करोड ६६ लाख ९२ हजार रुपैयाँको स्मार्टफोन भित्रिएको विभागको तथ्यांक छ ।

चालु आवको तीन महिनामा आयात भएको स्मार्टफोन गत आर्थिक वर्षको सोही अवधिमा आयात भएकोभन्दा बढीसमेत देखिन्छ । गत आर्थिक वर्षको सोही अवधिमा ८ अर्ब ५३ करोड ३० लाख ७४ हजार रुपैयाँको स्मार्टफोन आयात भएको थियो । जसमार्फत सरकारले एक अर्ब ७५ करोड ८९ लाख ५३ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

स्मार्टफोन आयात तथ्यांक :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय