अब पोष्ट भएको एक घण्टासम्म ट्वीट एडिट गर्न सकिने

भक्तपुर न्यूज

२५ जेठ २०८० १०:५१

अब पोष्ट भएको एक घण्टासम्म ट्वीट एडिट गर्न सकिने

काठमाडौं । पोष्ट भएको एक घण्टासम्म अब ट्वीट एडिट गर्न सकिने भएको छ । यसअघि ब्लु सब्सक्राइबरहरूलाई ट्विट गरेको ३० मिनेटसम्म एडिट गर्न सकिने सुविधा थियो । तर अब त्यसलाई एकघण्टासम्म पुर्‍याइएको छ ।

अबदेखि ट्वीटर ब्लुका ग्राहकहरूले पहिले नै पोस्ट भइसकेका ट्वीट सम्पादन गर्न एक घण्टाको समय पाउने छन् ।अक्टोबर २०२२ मा सार्वजनिक भएदेखि यो फिचर ३० मिनेट सम्ममा मात्रै एडिट गर्न मिल्ने सुविधा थियो ।

ट्विटर प्रयोगकर्ताहरूले धेरै वर्षदेखि यो सुविधाको माग गर्दै आएका थिए । ट्विटर ब्लूको आधिकारिक अकाउन्टले बुधबार आफ्नो ५७१,००० फलोअरहरूका लागि यो फिचरको बारेमा पोस्ट गरेको थियो ।

ज्याक डोर्सीले सन् २००६ मा सामाजिक सञ्जाल कम्पनीको सीईओको रूपमा सेवा गर्दा पनि सबैभन्दा मागमा रहेको फिचर यही नै थियो ।

जब मस्कले गत वर्ष ४४ बिलियन डलरमा ट्विटर खरिद गरेका थिए । उनले विशेष सुविधाहरूसहित ट्विटरको सःशुल्क सदस्यता, ट्विटर ब्लू सेवा, लोड गर्ने निर्णय गरेका थिए । ट्विटरको ब्लु सेवा मासिक ८ डलर तिरेर लिन सकिन्छ ।

प्रकाशित मितिः २०८० जेठ २५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय