आजबाट ट्वीटरमा पनि इन्क्रिप्टेड मेसेज र कल गर्न सकिने

भक्तपुर न्यूज

२७ वैशाख २०८० १०:१०

आजबाट ट्वीटरमा पनि इन्क्रिप्टेड मेसेज र कल गर्न सकिने

काठमाडौं । ट्वीटरले इन्क्रिप्टेड मेसेज गर्न सकिने फिचर सुरु भएको छ । कम्पनीका मालिक एलन मस्कले एक ट्वीट गर्दै ट्वीटरमा इन्क्रिप्टेड मेसेजिङ फिचर आजबाट सुरु हुने बताएका हुन् । लामो समयदेखि चर्चामा रहेको फिचर अन्तत: सुरु भएको हो ।

ट्वीटरको डीएम भर्सन १.० अपडेट भएपछि प्रयोगकर्ताले कुनै पनि थ्रेडको रिप्लाइ व्यक्तिगत डीएम मार्फत दिन सक्नेछन् । विस्तारै यो फिचर सबै प्रयोगकर्ताले प्रयोग गर्न सकिने उनले बताएका छन् । साथै यसमा प्रयोगकर्ताले कुनै पनि ईमोजी रियाक्सन पनि प्रयोग गर्न सकिनेछ ।

यसका साथै चाँडै नै ट्वीटरबाट भ्वाइस तथा भिडिओ कल गर्न सकिने फिचर पनि उपलब्ध हुने उनले बताएका छन् । उनले यो फिचर कहिलेबाट उपलब्ध हुन्छ भन्ने विषयमा कुनै कुरा खुलाएका छैनन् । यद्यपि यी सबै फिचर उपलब्ध भएसँगै ट्वीटर पनि अब फेसबुक, इन्स्टाग्राम जस्तै प्लेटफर्म बन्ने पक्का भएको छ ।

प्रकाशित मितिः २०८० बैशाख २७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय