नेटफ्लिक्सले पासवर्ड सेयरिङमा अर्को महिनादेखि प्रतिबन्ध लगाउने

भक्तपुर न्यूज

७ वैशाख २०८० १०:०९

नेटफ्लिक्सले पासवर्ड सेयरिङमा अर्को महिनादेखि प्रतिबन्ध लगाउने

काठमाडौं । भिडियो स्ट्रिमिङ कम्पनी नेटफ्लिक्सले पासवर्ड सेयरिङमा अर्को महिनादेखि प्रतिबन्ध लगाउने भएको छ। अब आफ्नो परिवार बाहिरका व्यक्तिहरूसँग पासवर्ड सेयरिङ गर्न चाहने सदस्यहरूले अतिरिक्त शुल्क तिर्नु पर्नेछ।

‘सब्स्क्रिप्सन’ बढाउनको लागि नेटफ्लिक्सले यो कदम चालेको हो। नेटफ्लिक्सले केही देशहरुमा यो परीक्षण समेत गरिसकेको छ तर बेलायत वा अमेरिकामा अझैसम्म ‘रोलआउट’ गरिएको छैन।

भिडियो स्ट्रिमिङ प्लेटफर्महरुबिचको चर्को प्रतिस्पर्धामाझ धेरै ग्राहक आकर्षित गर्ने नेटफ्लिक्सले विभिन्न तरिकाहरू खोजिरहेको छ। नेटफ्लिक्सले सन् २०२२ को पहिलो ६ महिनामा नै १० लाख ‘सब्स्क्राइबर’ गुमाएको थियो।

त्यस्तै, गत वर्ष नेटफ्लिक्सले एसिया, युरोप, ल्याटिन अमेरिका, सब-सहारा अफ्रिका र मध्यपूर्वका गरी ११६ देशहरूमा सब्स्क्रिप्सन शुल्क घटायो।

प्रतिस्पर्धाबाहेक पनि जीवनयापनको बढ्दो लागतका कारण विश्वव्यापी रूपमा परेको महँगी हेरेर शुल्क घटाएको कम्पनीले जनाएको थियो। नेटफ्लिक्सले आफ्नो स:शुल्क सेयरिङ प्रोग्रामको व्यापक विस्तारको लागि पनि गत वर्षदेखि नै तयारी गरिरहेको थियो।

मंगलवार लगानीकर्ताहरूलाई लेखिएको पत्रमा, नेटफ्लिक्सले जुलाईसम्ममा अमेरिकामा स:शुल्क सेरिङ प्रोग्राम ल्याउने उल्लेख गरेको छ। नेटफ्लिक्सले १० करोड भन्दा बढी घरपरिवारहरूले पासवर्ड सेरिङ गरिरहेको अनुमान गरेको छ।

प्रकाशित मितिः २०८० बैशाख ०७ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय