एलन मस्को घोषणाः भोलिदेखि पैसा नतिर्ने ट्वीटर प्रयोगकर्ताको ब्लुट टिक हट्ने

भक्तपुर न्यूज

१७ चैत २०७९ ११:३४

एलन मस्को घोषणाः भोलिदेखि पैसा नतिर्ने ट्वीटर प्रयोगकर्ताको ब्लुट टिक हट्ने

काठमाडौं । ट्विटरका नयाँ मालिक इलोन मस्कले अप्रिल १ देखि सित्तैमा पाइँदै आएको ब्लु टिक हटाउन लागेका छन् । पैसा तिर्ने प्रयोगकर्ताले मात्र लिगेसी चेक मार्क अर्थात् ब्लु टिक पाउने मस्कको भनाइ छ ।

सित्तैमा ब्लु टिक पाउनेहरू भ्रष्ट भएको भनी केही दिनअघि मस्कले बयान दिएका थिए । उनले ट्विटर ब्लु सबस्क्रिप्शन ल्याएका छन् जुन पैसा तिरेर पाइन्छ । ब्लु टिक भएकाहरूले लामो पोस्ट गर्न पाउँछन् अनि ट्वीटलाई एडिट गर्न पनि पाउँछन् । मस्कको यो निर्णयले ट्वीटेहरूलाई निराश बनाएको छ ।

प्रकाशित मितिः २०७९ चैत्र १७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय