अब ह्वाट्सएप ग्रुपमा जोडिन एडमिनको स्वीकृति चाहिने

भक्तपुर न्यूज

९ चैत २०७९ ९:५२

अब ह्वाट्सएप ग्रुपमा जोडिन एडमिनको स्वीकृति चाहिने

काठमाडौं । ह्वाट्सएप ग्रुपमा जोडिन अब एडमिनको स्वीकृति आवश्यक पर्ने भएको छ । नयाँ अपडेटमार्फत अब ग्रुप एडमिनले कसैलाई ग्रुपमा राख्ने की नराख्ने भनेर निर्णय गर्न सक्नेछन् ।

यसभन्दा पहिले इन्भाइट लिंक भएको हरकोहीले ह्वाट्सएपमा जोइन गर्न सक्थे तर अब भने एडमिनले स्वीकृत गरेपछि मात्रै ग्रुपमा जोइन गर्न सकिन्छ ।

यसले जानकारी तथा सूचना सेयर गर्नुपर्नेसँग मात्रै जानकारी सेयर गर्न पनि सकिन्छ । यसले अरु कम्युनिटीसाग जोड्न पनि दिन्छ, जसकारण धेरै ओटा ग्रुपलाई एउटै ग्रुप अन्तर्गत बनाउन सकिन्छ । योसँगै ह्वाट्सएपले कुनै समयमा ग्रुप लिभ गर्ने भनेर सेड्युल गर्न पनि दिने भएको छ ।

प्रकाशित मितिः २०७९ चैत्र ९ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय