पब्जी मोबाइल प्रो लिग साउथ एसिया स्प्रिङ २०२३ आजबाट सुरु हुँदै

भक्तपुर न्यूज

७ चैत २०७९ ८:५१

पब्जी मोबाइल प्रो लिग साउथ एसिया स्प्रिङ २०२३ आजबाट सुरु हुँदै

काठमाडौं । पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया स्प्रिङ २०२३ आजबाट सुरु हुँदैछ । यो प्रतियोगितामा नेपाल, बङ्गलादेश र मङ्गोलिया गरि कुल २० टिमले प्रतिस्पर्धा गर्दैछन् ।

नेपालबाट भने ‘डीआरएस गेमिङ’, ‘इलिमेन्ट्रिक्स’, ‘डेडआइज गाइज’, ‘ट्रेन टु किल’(टीटूके), ‘इलुमिनेट क्रु’, ‘लियो ई-स्पोर्ट्स’, ‘एब्रप्ट स्लेयर’, ‘हाइ भोल्टेज’, ‘स्काइलाइट गेमिङ’ र ‘रअ ई-स्पोर्ट्स’ले भिड्दैछन् ।

यी मध्ये ‘इलुमिनेट क्रु’, ‘लियो ग्याङ्स्टर’ र ‘एब्रप्ट स्लेयर’ पब्जी मोबाइल नेसनल च्याम्पियनसिप २०२२ बाट छनोट भएका हुन् । अन्य बाँकी नेपाली टिमले भने पब्जी मोबाइल प्रो लिग साउथ एसिया फल २०२२ मा शिर्ष दश भित्र रहँदै यो प्रतियोगिताका लागि स्थान सुरक्षित गरेका हुन् ।

करिब तीन साता चल्ने यो प्रतियोगितामा आज देखि एप्रिल ९ सम्म लिग चरणको खेल चल्नेछ । लिग चरणको खेलमा २० टिमलाई चार-चार टिमका हिसाबले पाँच समूहमा विभाजन गरिएको छ । तीन हप्तासम्म चल्ने गेममा प्रत्येक हप्ता समूहका टिमहरू भने परिवर्तन हुनेछन् ।

पहिलो हप्ताको लागि २० वटा टिमको समुह विभाजन यसप्रकार गरिएको छ:

ग्रुप ‘ए’ – हाइ भोल्टेज, भेनम डेडआइज, रअ ई-स्पोर्ट्स, फोरमेरिकल टीआरजेट

ग्रुप ‘बि’ – मा फोरमेरिकल भाइब्स, ट्रेन टु किल(टीटूके), डेडआइज गाइज, ब्याड इन्टेन्सन एक्स सीएमएफ ई-स्पोर्ट्स

ग्रुप ‘सि’ – स्टालवार्ट ई-स्पोर्ट्स, स्काइलाइट गेमिङ, इलुमिनेट क्रु, एनबी ई-स्पोर्ट्स

ग्रुप ‘डि’ – आइएचसी ई-स्पोर्ट्स, मबेटेक्स ई-स्पोर्ट्स, लियो ई-स्पोर्ट्स, सील ई-स्पोर्ट्स

ग्रुप ‘ई’ – डीआरएस गेमिङ, इलिमेन्ट्रिक्स, एसआईटीएम ई-स्पोर्ट्स, एब्रप्ट स्लेयर

लिग चरणमा हरेक दिन पाँच वटा खेल हुँनेछन् । जसमा एक गेममा चार समुहका चार चार टिम अर्थात कुल १६ टिमले अर्कासँग खेल्नेछन् । लिग चरणको २० टिम मध्य लिग चरणको खेलमा शिर्ष १६ भित्र पर्ने सफल टिमले अन्तिम चरण अर्थात फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछन् । जुन खेल एप्रिल १४ देखि १६ सम्म हुनेछ ।

खेल नेपाली समय अनुसार बेलुका ५:४५ देखि सुरु हुनेछ । जसको प्रत्यक्ष प्रसारण पब्जी मोबाइल साउथ एसिया ई-स्पोर्ट्सको युट्युब च्यानल तथा फेसबुक पेजबाट हेर्न सकिने छ ।

यो प्रतियोगिताको कुल पुरस्कार राशि ८० हजार अमेरिकी डलर(करिब एक करोड चार लाख पैँसठ्ठी हजार रुपैयाँ) राखिएको छ ।

अन्तिम चरण अर्थात् फाइनलको खेल एप्रिल १४ देखि १६ सम्म हुनेछन् । फाइनलमा लिग चरणको खेलमा शिर्ष १६ भित्र पर्ने सफल टिमले प्रतिस्पर्धा गर्ने छन् ।

यो प्रतियोगिताको कुल पुरस्कार राशि ८० हजार अमेरिकी डलर(करिब एक करोड चार लाख पैँसठ्ठी हजार रुपैयाँ) राखिएको छ ।

प्रकाशित मितिः २०७९ चैत्र ०७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय