आज राति सानिमा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ नचल्ने

भक्तपुर न्यूज

१९ फागुन २०७९ ११:५१

आज राति सानिमा बैंकको मोबाइल तथा इन्टरनेट बैंकिङ नचल्ने

काठमाडौं । सानिमा बैंकको डिजिटल भुक्तानी सेवा आज राति अवरुद्ध हुने भएको छ । बैंकको डेटा माइग्रेसन सम्बन्धी काम हुन गइरहेकाले सेवा प्रभावित हुने भएको हो ।

“सानिमा बैंकको डेटा माइग्रेसन (Data Center Migration) सम्बन्धी कार्य हुन गइरहेकोले यस बैंकको सम्पूर्ण बैंकिङ तथा विद्युतीय भुक्तानीका सेवाहरू (एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कार्ड, इ-कम, कनेक्ट आईपीएस आदि ) अवरुद्ध हुनेछन्,” बैंकले एक सूचना जारी गर्दै लेखेको छ ।

डेटा माइग्रेसनका कारण शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म सम्पूर्ण बैंकिङ तथा डिजिटल भुक्तानी सेवा बन्द हुनेछ ।

प्रकाशित मितिः २०७९ फागुन १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय