विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एपको पहिलो नम्बरमा टिकटक

भक्तपुर न्यूज

२ वैशाख २०७९ १०:०४

विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एपको पहिलो नम्बरमा टिकटक

काठमाडौं । टिकटक सन् २०२२ मा विश्वभर सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । २०२२ को सुरुवात भएयता मात्रै यो सामाजिक सञ्जाल एप १७ करोड ६० लाख पटक डाउनलोड भएको छ ।

एनालिटिक्स फर्म सेन्सर टावरले बिहीबार सार्वजनिक गरेको रिपोर्ट अनुसार एपको कूल डाउनलोड ३ अर्ब ५० करोड नाघेको छ । सन् २०१८ को सुरुवातदेखि नै अन्य कुनै पनि एपले कूल डाउनलोडमा यसलाई पछि पार्न सकेका छैनन् ।

१५ करोड १० लाख डाउनलोड सहित इन्स्टाग्राम दोस्रो धेरै डाउनलोड हुने एपमा परेको छ । यद्यपि एसियामा भने इन्स्टाग्राम सर्वाधिक डाउनलोड हुने एपको सूचीको पहिलो नम्बरमा उभिएको छ ।

मेटा अन्तर्गतका तीन कम्पनी फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप सबैभन्दा धेरै डाउनलोड हुने टप फाइभ एपको सूचीमा छन् । गुगल प्ले स्टोरबाट सबैभन्दा धेरै डाउनलोड भएका एपहरूमा इन्स्टाग्राम र फेसबुक छन् । एजेन्सी

प्रकाशित मितिः २०७९ बैशाख ०२ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय