खल्तीले ल्यायो आईफोन १३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्ने अफर

भक्तपुर न्यूज

२५ माघ २०७८ ९:२३

खल्तीले ल्यायो आईफोन १३ र एक रुपैयाँमा फ्लाइट टिकट जित्ने अफर

काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ‘उडान अब मात्र रू. १’ अन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली बिजेतालाई आईफोन १३ को बम्पर उपहार प्राप्त गर्ने योजना ल्याएको छ ।

खल्तीले जारी गरेको विज्ञप्ति अनुसार हरेक दिन एक जनालाई एक रुपैयाँमा फ्लाइट टिकट र पाँच जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स समेत प्राप्त हुनेछ ।

‘खल्ती’ फ्लाइट टिकट बुकिङका लागि सहज प्लेटफर्म भएको र यसमा एक हजार दुई सयसम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिने खल्तीले जनाएको छ । विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरी तत्काल टिकट बुकिङ गर्न पनि सजिलो हुने खल्तीको भनाइ छ ।

खल्तीका अनुसार यो अफर २३ माघदेखि सुरु भएर फागुन ३० गतेसम्म मान्य हुनेछ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाइ गराएको हुनुपर्नेछ । खल्ती एकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाइ गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।

‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले अफरका बारेजमा जानकारी दिँदै भने, ‘हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याइएको हो । यस महामारीको समयमा यात्रुहरूको सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना हो ।’

प्रकाशित मितिः २०७८ माघ २५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय