तत्काल एमडीएमएस प्रणाली लागु गर्न मोबाइल व्यवसायी महासंघको माग

भक्तपुर न्यूज

२५ जेठ २०८१ ९:१३

तत्काल एमडीएमएस प्रणाली लागु गर्न मोबाइल व्यवसायी महासंघको माग

काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागु गर्न माग गरेको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु महासंघको दोस्रो महाधिवेशनमार्फत महासंघले मोबाइल फोनको अवैध कारोबार रोक्न तत्काल एमडीएमएस प्रणाली लागु गर्नुपर्ने माग गरेको हो ।

‘एमडीएमएस प्रणाली लागु नहुँदा अवैध कारोबार बढ्दो छ, यसलाई रोक्न सरकारले ध्यान देओस्, सरकारले त्यसका लागि तत्काल एमडीएमएस प्रणाली लागु गर्नुपर्छ,’ महासंघका अध्यक्ष भरत भट्टराईले महाधिवेशन उद्घाटनमा भने ।

ग्रे फोन अर्थात् भन्सार छलीबाट भित्रिएका मोबाइलले नेपालको व्यवसाय मारमा परेको र देशको राजस्व समेत गुमेको उनको भनाइ छ ।

‘भन्सार छलेर भित्रने मोबाइलले बजार बिगारेको छ, त्यसले गर्दा देशको राजस्वमा वार्षिक अर्बौं रुपैयाँ घाटा भइरहेको छ, ग्रे फोनको बढ्दो कारोबार तत्काल नरोक्ने हो भने अवस्था झन बिग्रने खतरा छ,’ भट्टराईले भने ।

महाधिवेशन मार्फत महासंघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुँदैछ । महाधिवेशनका लागि ७० जिल्लाबाट करिब एक हजार प्रतिनिधि सहभागी भएका छन् ।

प्रकाशित मितिः २०८१ जेठ २५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *