मेटाले फेसबुक र इन्स्टाग्राममा एआई फोटो लेबल गर्ने

भक्तपुर न्यूज

२० जेठ २०८१ १०:१५

मेटाले फेसबुक र इन्स्टाग्राममा एआई फोटो लेबल गर्ने

काठमाडौं । एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा विगत केही महिनादेखि विश्वभर चर्चा भइरहेको छ । यो नयाँ प्रविधि विश्वभर प्रयोग भइरहेको छ । बिस्तारै सबै कम्पनीहरूले आफ्ना सेवाहरूमा एआई सुविधा प्रयोग गर्न थालेका छन् ।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मूल कम्पनी मेटा पनि यस मामिलामा अगाडि बढेको छ । मेटाले लामो समयदेखि आफ्ना सेवाहरूको लागि एआई प्रविधिमा काम गरिरहेको छ । अब मेटाले आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा तस्बिरहरू सिर्जना गर्ने फिचरमा ल्याएकोे छ ।

एआई ईमेज उत्पादन टूलहरूको बढ्दो लोकप्रियताको कारण, मेटाले आफ्नो प्लेटफर्ममा यो सुविधा समावेश गर्ने निर्णय गरेको छ । आजकल, एआई इमेज र मानवहरूको वास्तविक इमेज बीच कुन इमेज वास्तविक हो भनेर भन्न धेरै गाह्रो भएको छ जसले गर्दा एआई ईमेजको दुरुपयोग पनि बढ्दै गएको छ ।

मेटाका ग्लोबल अफेयर्सका अध्यक्ष निक क्लेगले यस फिचरको उद्देश्य बताउँदै भने, “मानव र सिंथेटिक सामग्री बीचको रेखा धमिलो हुँदै जाँदा मानिसहरू कुन् वास्तविक र कुन् एआई जेनेरेड जान्न चाहन्छन् । वर्तमानमा, मेटाले आफ्नै जेनेरेट गरिएको एआई ईमेज लेबल गर्दछ, ताकि प्रयोगकर्ताहरूले थाहा पाउन सकून् कि ईमेज एआईद्वारा उत्पन्न गरिएको हो ।

अब कम्पनीले गुगल, माइक्रोसफ्ट, एडोब र अन्य एआई ईमेज उत्पादन गर्ने प्लेटफर्महरूसँग लेबल गरिएको एआई ईमेज उत्पन्न गर्ने सुविधा पनि योजना गरिरहेको छ । “यी संकेतहरू पत्ता लगाउन सक्षम हुनाले प्रयोगकर्ताहरूले फेसबुक, इन्स्टाग्राम र थ्रेड्समा पोस्ट गर्ने एआई–जेनेरेटेड ईमेजलाई लेबल गर्न सम्भव बनाउनेछ,“ ब्लग पोस्टले भन्यो । यसबाट फेसबुक, इन्स्टाग्राम र थ्रेडका प्रयोगकर्ताहरूले कुन ईमेज एआईले बनाएका छन् र कुन ईमेज छैन् भनेर थाहा हुन्छ ।

प्रकाशित मितिः २०८१ जेठ २० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *