सरकारी एपका लागि गुगलले नयाँ ब्याज प्रयोग गर्ने
काठमाडौं । सरकारी एपका लागि गुगलले नयाँ ब्याज प्रयोग गर्ने भएको छ । गुगल प्ले स्टोरमा सरकारी एप चिन्न सजिलो बनाउन गुगलले यस्तो ब्याज प्रयोग गर्न थालेको हो । गुगलले गत नोभेम्बर २०२३ मै यो फिचर ल्याउने घोषणा गरेको थियो । त्यसयताको परीक्षणपछि कम्पनीले २ मे अर्थात् बिहीवारदेखि यो फिचर औपचारिक रूपमा प्रयोगमा ल्याएको छ ।
एन्ड्रोइड अथोरिटीका अनुसार अहिलेसम्म १२ देशका तीन हजार बढी सरकारी एपले यो ब्याज पाइसकेका छन् । यसअन्तर्गत भारत, अमेरिका, क्यानडा, अस्ट्रेलिया, फ्रान्स, जर्मनी, बेलायत, जापान, दक्षिण कोरिया, ब्राजिल, इन्डोनेसिया र मेक्सिको रहेका छन् ।
नेपालका सरकारी एपले कहिलेसम्म यस्तो ब्याज पाउँछन् भन्ने खुलेको छैन । यस प्रकारको ब्याज पाउन एप बनाउँदा सरकारी ईमेल प्रयोग गर्नुपर्ने बताइएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख २१ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१६
मोटरसाइकल दुर्घटना हुँदा बाबुछोरासहित तीन जनाको मृत्यु
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १२:१८