पासवर्डलाई कसरी बलियो बनाउने ?

भक्तपुर न्यूज

२० वैशाख २०८१ ९:०६

पासवर्डलाई कसरी बलियो बनाउने ?

काठमाडौं । हरेक वर्ष मे २ मा विश्व पासवर्ड दिवस मनाइन्छ । आफ्नो डिजिटल सुरक्षाका लागि अनलाइन अकाउन्टहरुका पासवर्डलाई बलियो तथा सुरक्षित बनाएर साइबर अपराधी वा ह्याकरबाट जोगिने सचेतना जगाउनका लागि यो दिवस मनाउने गरिन्छ ।

अनलाइन ठग तथा अपराधीबाट जोगिनका लागि डिजिटल सुरक्षालाई मजबुत बनाउनु पर्दछ । आफ्ना डिजिटल डेटालाई सुरक्षित राख्नका लगि जटिल पासवर्ड राख्नुहोस् जुन ह्याकलाई थाहा पाउन र तोड्नका लागि मुस्किल बनोस् ।

तपाईको पासवर्ड कम्तिमा पनि १६ वटा अक्षरको हुनुपर्छ । लामो पासवर्डलाई सजिलैसँग तोड्न सकिँदैन । तपाईलाई आफ्नो पासवर्ड कमजोर भयो भन्ने लाग्यो तुरुन्तै रिसेट गर्नुहोस् । आफ्नो डिजिटल सुरक्षाका लागि टू फ्याक्टर अथेन्टिकेसनको प्रयोग गर्नुहोस् । यसबाट डिजिटल अकाउन्टलाई सुरक्षित राख्नका लागि अतिरिक्त सुरक्षा प्राप्त हुन्छ।

आफ्नो पासवर्डमा कसैको नाम, जन्ममिति वा मोबाइल नम्बर जस्ता कुराहरु नराख्नुहोस् । सोसल मिडिया वा कुनैपनि प्लाटफर्ममा आफ्ना निजी जानकारीहरु शेयर नगर्नुहोस् । एजेन्सी

प्रकाशित मितिः २०८१ बैशाख २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *