एक्सप्रेस वाईफाई सेवाका लागि वर्ल्डलिङ्क र फेसबुक बिच सहकार्य
काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गरेको छ । कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरी सहकार्य भएको जानकारी दिएको हो ।
फेसबुकले उपलब्ध गराउँदै आएको एक्सप्रेस वाईफाई नेपालका सार्वजनिक स्थानमा पनि उपलब्ध गराउन वर्ल्डलिंकले सहकार्य गरेको हो ।
वर्ल्डलिङ्कले १० हजार स्थानमा पब्लिक वाईफाई उपलब्ध गराएको छ । जस अनुसार कम्पनीले ७ हजार ५ सय स्थानमा फेसबुकको एक्सप्रेस वाईफाईबाट सेवा दिइरहेको छ ।
कार्यक्रममा वर्ल्डलिङ्कका अध्यक्ष दिलिप अग्रवालले सरकारले स्पेक्ट्रम नदिदा समस्या भएको र फेसबुकसँगको सहकार्यले पब्लिक वाईफाई व्यवस्थापनमा सहज हुने बताए ।
फेसबुकसँगको सहकार्यले पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेटको पहुँचमा ल्याउन सहयोग पुग्ने समेत उनले बताए ।
प्रकाशित मितिः २०७७ असोज २२ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
१७ असार २०८२ १२:००