सस्तो पोको फोन पोको सीथ्री सार्वजनिक हुँदै, कति होला मूल्य ?

भक्तपुर न्यूज

२० असोज २०७७ १०:०८

सस्तो पोको फोन पोको सीथ्री सार्वजनिक हुँदै, कति होला मूल्य ?

काठमाडौं । चिनियाँ मोबाइल ब्राण्ड पोकोको नयाँ स्मार्टफोन पोको सीथ्री अर्को साता विश्व बजारमा सार्वजनिक हुने भएको छ । पहिलो पटक पोको एफ वानबाट विश्व बजारमा भित्रिएको पोकोले छोटो समयमै ठूलो सफलता हात पारिसकेको छ ।

उक्त सफलतालाई पछ्याउँदै कम्पनीले अब बजेट स्मार्टफोनको रुपमा अर्को सिरिजको सुरुवात गर्ने भएको हो । उक्त फोन सबैभन्दा पहिले भारतीय बजारमा उपलब्ध हुने छ । पोको इण्डियाका अनुसार उक्त फोन ६ अक्टोबरमा सार्वजनिक हुनेछ ।

उक्त फोनको विषयमा कम्पनीले थप जानकारी भने उपलब्ध गराएको छैन । यद्यपी हालसम्म बाहिरिएको जानकारी अनुसार यो फोनमा चार जीबी र्‍याम उपलब्ध हुनेछ । जसमा १२८ जीबी स्टोरेज क्षमता रहनेछ । फोनको पछाडिको भागमा चार वटा क्यामेरा रहने छन् ।

पाँच हजार एमएएच क्षमताको ब्याट्री रहने यो फोनको बजार मु्ल्यू १० हजार ९ सय ९० रुपैयाँ हुनसक्ने आँकलन गरिएको छ। पोको इण्डियाका अनुसार फोन फ्लिपकार्टमा बिक्रीको लागि उपलब्ध हुनेछ ।

त्यसका लागि फ्लिपकार्टमा विशेष पेज क्रियट गरिनेछ । तर भारत बाहिर नेपाल सहितका मुलुकमा यो फोन कहिले आउँछ भन्ने कुरा यकिन भइसकेको छैन ।एजेन्सी

प्रकाशित मितिः २०७७ असोज २० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *