सामसुङ ग्यालेक्सी जी फोल्ड २ को प्रि–बुकिङ्ग शुरु

भक्तपुर न्यूज

२० असोज २०७७ ९:५४

सामसुङ ग्यालेक्सी जी फोल्ड २ को प्रि–बुकिङ्ग शुरु

काठमाडौं । लामो प्रतिक्षापछि सामसुङ ग्यालेक्सी जी फोल्ड २ (Samsung Galaxy Z Fold 2)को लागि प्रि-बुकिङ्ग अब स्मार्ट डोकोबाट शुरु भएको छ । यस स्मार्टफोनमा ग्लास स्क्रिन राखिएको छ, जसमा किताब जस्तै फोल्ड गर्न र ह्यान्ड्स फ्री क्यामेराबाट प्रयोगकर्ताले हात वेभ गर्दा शुट हुने गर्छ ।

स्मार्ट डोकोमा यसको मुल्य २ लाख ४९ हजार ९९९ तोकिएको छ । यस मोवाइलको प्रि–बुकिङ्ग गर्दा रु. १९,९९९ मुल्यको Samsung Galaxy Buds Live पनि निःशुल्क पाईने तथा ग्राहकहरुले १ पटकको लागि १२ महिनाको ब्रेकेज बीमा पनि प्राप्त गर्न सकिने नेपालका लागि आधिकारिक बिक्रेता आईएमएस ग्रुपले जनाएको छ ।

सामसुङ ग्यालेक्सी जी फोल्ड २ प्रि-बुक गर्न https://cms-prd=mygalaxy-nbs=com/NP-ZFold2-Preorder/  वेभसाइटमा जान सकिन्छ वा मोवाइल नं.  9801013311 र 9802002870 मा पनि सम्पर्क गर्न सकिने कम्पनीको भनाई छ । ग्राहकहरुले प्रि-बुकिङ्गको लागि ५ हजार भुक्तानी गर्नुपर्ने र बाँकी ह्यान्डसेट पाएपछि भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

‘अघिल्लो समयहरुमा सामसुङको फोल्डिङ फोनहरु नेपालमा नभित्रिदाँ पनि, अहिले भने हामीले नेपालमै पहिलोपटक सामसुङको Galaxy Z Fold 2 स्मार्टफोन स्मार्टडोकोबाट प्रि-बुकिङ्ग गराउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । यस Samsung Galaxy Z Fold 2 स्मार्टफोन एकदमै राम्रो र अपग्रेड भर्जनको साथ नेपाली बजारमा उपलब्ध गराईनेछ’, आईएमएस ग्रुपका अध्यक्ष र सीईओ दिकेश मल्होत्राले नेपालबहसलाई बताए ।

स्मार्टडोकोबाट प्रि–बुकिङ्ग असोज २८ गतेसम्म मात्र खुल्ला गरिएको छ । प्रि-बुकिङ्गको लाभ उठाउन आग्रह गर्दै कम्पनीले स्मार्टडोकोले Samsung Galaxy Z Fold 2 नेपालभरी निःशुल्क डेलिभरी जनाएको छ ।

प्रकाशित मितिः २०७७ असोज २० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *