गुगल पिक्सेल ४ए फाइभजी सार्वजनिक, यस्तो छ मूल्य र फिचर

भक्तपुर न्यूज

१५ असोज २०७७ ७:२८

गुगल पिक्सेल ४ए फाइभजी सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । विभिन्न अनुमान र अड्कलबाजीपछि गुगलले आधिकारिकरूपमा नयाँ स्मार्टफोन पिक्सेल ४ए फाइभजी सार्वजनिक गरेको छ। एक भर्चुअल कार्यक्रम ‘लन्च नाइट इन’ को आयोजना गरी गुगलले नयाँ प्रोडक्ट सार्वजनिक गरेको हो। किफायती मूल्यको मोबाइल भनेर गुगलले ल्याएको यो स्मार्टफोन पिक्सेल ४ए सिरिजमध्ये एक हो।

यसअघि नै पिक्सेल ५ सार्वजनिक भइसके पनि यो स्मार्टफोनले पिक्सेल ४ ए र पिक्सेल ५ बीचको दूरी कम गर्ने गुगलले आशा गरेको छ। २०२० मा गुगलका स्मार्टफोनको लाइनमा भएकोमध्ये एक पिक्सेल ४ए फाइभजीमा ६.२ इन्चको डिस्प्ले राखिएको छ। त्यस्तै, क्वालकोम स्नापड्रागन ७६५जी प्रोसेसर, १२८ जीबी स्टोरेज, १२.२ + १६ मेगापिक्सेल क्यामेरा र ३८०० एमएएचको ब्याट्री राखिएको छ।

भारतमा ३७ हजार ९९० रूपैयाँ कायम गरिएको गुगल पिक्सेल ४ए फाइभजीमा ६ जीबी र्‍याम उपलब्ध छ। यसका प्रमुख आकर्षणमा ८ मेगापिक्सेलको फ्रन्ट (सेल्फी) क्यामेरा र फाइभजी फिचर छन्। त्यस्तै यसको विशेष फिचरमा एक्सेलेरोमिटर, गिप्रो, प्रोक्सिमिटी, कम्पास र ब्यारोमिटर सेन्सर राखिएको छ। फ्रिङ्गरप्रिन्ट स्क्यानर पछाडी राखिएको छ।

यो स्मार्टफोनको विदेशी बजारमा ४९९ अमेरिकी डलर मूल्य निर्धारण गरिएको छ। यो मूल्य उत्तर अमेरिकी मूलुकमा पाइने फाइभझी भएका सबैभन्दा सस्तो मूल्यका मोबाइलमध्ये एक पनि भएको छ। नेपाली बजारमा यसको मूल्य ६० देखि ६५ हजारको हाराहारीमा हुने अनुमान गर्न सकिन्छ। एजेन्सी

प्रकाशित मितिः २०७७ असोज १५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *