२०२३ सम्म विश्वको ४३ प्रतिशत सक्रिय स्मार्टफोनमा ५ जी हुने
काठमाडौं । यो वर्ष मोबाइल बजारका लागि कोशेढुंगा सावित भएको छ । यो वर्षमा विश्वको जनसंख्याको ४५ प्रतिशत अर्थात् ३.५ अर्बको हाराहारीमा स्मार्टफोन प्रयोगकर्ता पुगेको अनुसन्धानकर्मी न्यूजूले बताएका छन् ।
यसको नयाँ ग्लोबल मोबाइल मार्केट रिपोर्ट अनुसार २०२० मा चीनले विश्वव्यापी स्मार्टफोन प्रयोगकर्ताको संख्याको एक तिहाई हिस्सा ओगटेको छ । मध्य–दक्षिणी एसिया, उप–सहारा, दक्षिणपूर्वी एसिया, र ल्याटिन अमेरिकामा नयाँ स्मार्टफोनको प्रवेश र यो क्षेत्रमा इन्टरनेट पूर्वाधारको विकास हुने छ ।
वर्षको अन्त्यमा २० करोड सक्रिय स्मार्टफोन ५–जी तयारी सक्रिय स्मार्टफोन हुनेछ । यसको निरन्तर वृद्धि हुनेछ र २०२३ सम्ममा ४.८ अर्ब पुग्ने छ । यसको ४२.७ प्रतिशत सु–सज्जित ५–जी प्रविधिको हुने छ ।
गेम खेल्ने मोबाइल प्रयोगकर्ताको संख्या २०२० को अन्त्यसम्ममा २.५ अर्ब पुग्ने छ र यो संख्या २०२३ तर्फ बढ्ने छ । यो वर्ष विश्वव्यापी गेम आम्दानी ७७.२ अर्ब डलर पुग्ने छ । यस किसिमको आम्दानी २०२३ सम्ममा १०० अर्बको अबस्थामा पुग्ने छ ।
“५–जी मा केही जटिलता आउने छ व्यापक वृद्धि आउने छ,” न्यूजूले बताए ।
प्रकाशित मितिः २०७७ असोज १२ सोमबार