‘युवाका लागि आईसीटी अवसर’ विषयमा वेबिनार हुँदै

भक्तपुर न्यूज

९ असोज २०७७ १०:२६

‘युवाका लागि आईसीटी अवसर’ विषयमा वेबिनार हुँदै

काठमाडौं । कोभिड महामारीको बेला युवाका लागि के कस्ता आईसीटी अवसर हुन सक्छन् भन्ने विषयमा शनिबार वेबिनार हुने भएको छ । सो वेबिनार क्यान महासंघ अन्तर्गतको आईसीटी फर युथ इमपावरमेन्ट कमिटिले आयोजना गर्न लागेको हो ।

वेबिनारमा वक्ताका रुपमा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष माधवप्रसाद ढुंगेल, वर्ल्डलिंक कम्युनिकेशन्सका सीईओ केशव नेपाल र राम लक्ष्मण इन्नोभेसन्सका सहसंस्थापक रामप्रसाद रिमाल रहेका छन् ।

महामारीले हरेक क्षेत्रमा प्रभाव पारिरहेका बेला आईसीटी क्षेत्रमा भने धेरै अवसर सिर्जना भइरहेका छन् । परम्परागत कामलाई डिजिटल प्रणालीले विस्थापन गरिरहेको छ । यही सन्दर्भमा नेपालमा आईसीटी क्षेत्रको व्यवस्थापन गर्दै युवालाई यसमा कसरी समाहित गर्न सकिन्छ भन्ने विषयमा वेबिनारमा छलफल हुने आईसीटी फर युथ इमपावरमेन्ट कमिटिका प्रमुख विशाल महतले बताए ।

प्रकाशित मितिः २०७७ असोज ०९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *