माइक्रोसफ्टले बेथेस्डा सफ्टवयरको जेनिम्याक्स मिडिया किन्ने

भक्तपुर न्यूज

६ असोज २०७७ ८:५१

माइक्रोसफ्टले बेथेस्डा सफ्टवयरको जेनिम्याक्स मिडिया किन्ने

काठमाडौं । माइक्रोसफ्टले बेथेस्डा सफ्टवयरको मूल कम्पनी जेनिम्याक्स मिडिया किन्ने भएको छ। बेथेस्डा संसारभर चर्चित खेल विकास तथा प्रकाशित कम्पनीमध्येमा पर्छ।

जसले लोकप्रिय भिडिओ सिरिज एल्डर स्क्रोल, फलआउट, डुम र स्टारफिल्ड लगायतको फ्रान्चाइस समेत संचालनमा ल्याएको छ। माइक्रोसफ्टले ७.५ बिलियन डलरमा जेनिम्याक्स किन्दैछ।

सिएनएन बिजनेसकाअनुसार माइक्रोसफ्टले सोमबार उक्त जानकारी दिएको हो। बेथेस्डालाई किन्नुको मुख्य कारण यसको राजस्व बढाउनु रहेको जनाइएको छ।

बेथेस्डासँगै माइक्रोसफ्टको एक्सबक्स गेम पासको बढुवा हुने विश्वास राखिएको छ। यो गेम पास सुरु भएसँगै सन् २०१७ देखि माइक्रोसफ्टको राजस्वमा वृद्धि भएको छ।

वेडबुस सेक्युरिटी विश्लेषक ड्याभ आइभले भने, ‘एक्सबक्स र गेमिङ सफल भएसँगै माइक्रोसफ्टले उपभोक्तामा आधारित राजस्व वृद्धिको आवश्यकतालाई मान्यता दिइरहेको छ। हाम्रो यो सम्झौताले दीर्घ रुपमा अघि बढ्न मद्दत गर्ने हाम्रो विश्वास छ’

बेथेस्डा विश्वको सबैभन्दा ठूलो निजी अमेरिकी भिडिओ गेमिङ विकासकर्ता हो। यसले विगत दुई दशकदेखि जेनिम्याक्स मिडियाको सहायक कम्पनीको रुपमा सेवा पुर्याउँदै आएको छ। एजेन्सी

प्रकाशित मितिः २०७७ असोज ०६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *