सबै प्रयोगकर्तालाई अब जूमको टु फ्याक्टर अथेन्टिकेसन फिचर
काठमाडौं । भिडियो कन्फेरेन्सिङ एप जूमले सबै प्रयोगकर्ताहरुको लागि टु फ्याक्टर अथेन्टिकेसन फिचर ल्याएको छ । यो फिचर जूम बम्बिङ र साइबर आक्रमणलाई रोक्न ल्याएको हो ।
यो फिचरलाई इनेबल गरेपछि सिस्टमले प्रयोगकर्तालाई एक पटक कोड हाल्न लगाउँछ । यो कोड एक पटकको लागि मात्रै मान्य हुनेछ । यो कोड एसएमएस वा गूगल अथेन्टिकेटर, माइक्रोसफ्ट अथेन्टिकेटर लगायतको माध्यमबाट पाउन सकिने छ ।
यस फिचरले प्रयोगकर्ताको डेटा र अकाउन्ट सुरक्षित राख्न सहयोग गर्छ । जूमको यो फिचर डेक्सटप तथा मोबाइल एप उपलब्ध रहेको छ । यस अघि जूमले इन्ड टू इन्ड इनक्रिप्सन फिचर पनि ल्याएको थियो ।
प्रकाशित मितिः २०७७ भदौ २९ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१७ असार २०८२ १२:०१
निजामती सेवा विधेयक : आजै पुरानै अवस्थामा लैजान डा. शेखरको माग
१७ असार २०८२ १२:००
आजदेखि पेट्रोलमा ५, डिजेल र मट्टितेलमा ४ रुपैयाँ वृद्धि
२० असार २०८२ ६:००