रियलमीको फाइभजी स्मार्टफोन सार्वजनिक

भक्तपुर न्यूज

२५ भदौ २०७७ ८:०१

रियलमीको फाइभजी स्मार्टफोन सार्वजनिक

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी रियलमीले चिनमा सस्तो फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले सस्तो फाइभजी फोन रियलमी भि थ्रि चीनमा सार्वजनिक गरेको हो ।

रियलमी भि थ्रि स्मार्टफोनमा ६.५ इन्च एलसीडी आईपीएस डिस्प्ले रहेको छ भने एचडी प्लस रिसोलुसन रहेको छ । यसमा मिडिया टेक डायमिनसिटी ७२० फाईभजी प्रोसेसर प्रयोग गरिएको छ ।

६ जीबी र्‍याम र ८ जीबी र्‍याममा उपलब्ध भएको यस फोनमा ६४ जीबी र १२८ जीबी स्टोरेज उपलब्ध छ । यसमा ५ हजार एमएएचको ब्याट्री राखिएको छ भने १८ वाटको फास्ट चार्जिङ उपलब्ध रहेको छ । त्यसैगरी यसमा माली जी ५७ एमसीथ्रि जीपीयु छ ।

रियलमी भि थ्रिमा ट्रिपल रियर क्यामेरा राखिएको छ । जस अन्तरगत १३ मेगापिक्सेल प्राइमरी लेन्स, २ मेगापिक्सेल म्याक्रो लेन्स र २ मेगापिक्सेल डेप्थ सेन्सर रहेको छ ।

त्यस्तै यसमा ८ मेगापिक्सेलको सेल्फी क्यामेरा राखिएको छ । साथै फोनमा फिङ्गरप्रिन्टको सुविधा पनि रहेको छ । यसमा युएसबी टाइप सी पोर्ट रहेको छ ।

६ जीबी र्‍याम ६४ जीबी स्टोरेज भएको रियलमी भि थ्रिको मूल्य चीनमा ९९९ चाइनिज युआन ९सीएनवाई० रहेको छ । जसको मूल्य नेपालमा १७ हजार हाराहारीमा हुने अनुमान गरिएको छ ।

त्यस्तै ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज भएको फोनको मूल्य चीनमा १,३९९ सीएनवाई रहेको छ । जसको मूल्य नेपालमा २४ हजार हाराहारीमा हुने आकलन गरिएको छ ।

त्यस्तै ८ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको यो फोनको मूल्य चिनमा १,५९९ सीएनवाई रहेको छ । जसको मूल्य नेपालमा २७ हजार हाराहारीमा हुने अनुमान गरिएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ भदौ २५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *