कोरोना संक्रमणबाट सतर्क रहन गोयल ग्रुपले बनायो ‘सुरक्षा’ एप
काठमाडौें । कोरोना भाइरस संक्रमण फैलन नदिन गरिएको ४ महिना लामो लकडाउन सरकाले खुला गरिसकेको छ । तर कोरोनाको जोखिम भने पहिलेको भन्दा थप बढेको छ । लकडाउन खुला भएसँगै संक्रमण फैलिएपछि विराटनगर, वीरगञ्ज लगायतका केही ठाउँमा पुनः लकडाउन गरिएको छ ।
बाहिर सर्बसाधारणहरुको चहलपहल निकै बढ्दो छ । अब यस्तो बेलामा सुरक्षा सतर्कता कसरी अपनाउने रु सामान्य उत्तर हो, मास्क लगाउने, सकेसम्म दूरी कायम गर्ने । तर गोयल ग्रुपले कोरोना संक्रमण सतर्कता अपनााउने एउटा एप सार्वजनिक गरेको छ । ‘सुरक्षा’ नामक एपले कन्ट्रयाक्ट ट्रेसिङको काम गर्नेछ ।
भाइरसहरुबाट सतर्क रहन विश्वका धेरै देशहरुले एपको प्रयोग गर्ने गरेका छन् । यसैलाई आधार मानेर सुरक्षा एपको निर्माण गरिएको गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयल बताउँछन् । अफ्रिकामा इबुला नामको भाइरसले महामारीको रुप लिला पनि यस किसिमको एप प्रयोग भएको उनले बताए ।
यो एपले गर्ने मूख्य काम भनेको कुन मान्छेको सम्पर्कमा कोको र कति जना आएको छ भन्ने कुरा सूचित गराउछ ।
‘संक्रमणको खतरा हाम्रो देशमा झन धेरै बढ्दै गएको छ, तर पनि हामीले पहिलेको जस्तो बन्द गर्दा देशलाई अप्ठेरो पर्छ’ उनी भन्छन्, ‘अहिले जुन खतरा बढिरहेको छ, त्यो खतराबाट न्यूनीकरण गर्नु हाम्रो प्रमुख उद्देश्य, अनि हामीलाई विश्वास छ यो एप उपयोगी हुनेछ ।’
उनकाअनुसार अहिले यो एप एन्ड्रोइड फोनको प्लेस्टोरमा उपलब्ध छ । आइफोनका लागि भने गुगलबाट डाउनलोड गर्न सकिनेछ। यसलाई डाउनलोड गरिसकेपछि मोवाइलको ब्लूटुथ र लोकेशन भने सँधै अन गर्नुपर्ने गोयल बताउँछन् ।
एप अन भइसकेपछि आफ्नो व्यक्तिगत जानकारीहरु जस्तै नाम, उमेर, ठेगाना तथा सम्पर्क नम्बर राख्नु पर्नेछ । स्वास्थ्य अवस्था, पछिल्ला ६० दिनमा देशबाहिर भ्रमण गरेको थियो वा थिएन र संक्रमण व्यक्तिसँग सम्पर्कमा परेको छ वा छैन जस्ता प्रश्नको उत्तर एपमा दिनुपर्ने गोयल बताउँछन् ।
‘यति गरेपछि एप चलाएको कोही मानिस दुईदेखि छ मिटरसम्म दुरीमा आयो भने ब्लुटुथका मद्दतले त्यो मान्छेको यी सबै विवरण तपाईंको मोबाइलमा आउँछ’ उनी भन्छन्, ‘यता जसरी आउछ उता पनि त्यसरी नै जान्छ, तर यसका लागि एप दुबै पक्षसँग हुनुपर्यो ।’
उनका अनुसार मान्छे भेटेको १४ दिनमा एपले भेटेको मान्छेलाई कोरोना लक्षण छ कि छैन भन्ने देखाउँछ । यदि कोरोना लक्षण देखियो भने त्यो माछेले कहाँ कति जनालाई भेटेको थियो भन्ने विषयमा पनि जानकारी दिने उनको दावी छ ।
प्रकाशित मितिः २०७७ साउन २० मंगलबार