यसरी पत्ता लगाउनुहोस् हराएको एन्ड्रोइड फोन

भक्तपुर न्यूज

१६ साउन २०७७ ९:१६

यसरी पत्ता लगाउनुहोस् हराएको एन्ड्रोइड फोन

काठमाडौँ। आजकल हरेक मानिसको हातमा स्मार्टफोन हुन्छ। हिजोआज मानिसको अतिआवश्यक बस्तुको रुपमा मोबाइल परेको छ । महँगा स्मार्टफोनको प्रचन आएपछि उक्त फोन हराउने वा चोरी हुने समस्या उत्तिकै बढेको छ। मोबाइल हरायो वा चोरी भने के गर्ने भन्ने बारेमा यहाँ चर्चा गरिएको छ। मानिसले स्मार्टफोन किन्दा उसले आफ्नो लगानी लगाएर किनेको हुन्छ, त्यस्तो अवस्थामा फोन हराउनु भनेको उसको लागि दुखद् अवस्था हो। कुरा पैसाको मात्र नभएर मानिसले हिजोआज आफ्नो मोबाइलमा महत्वपूर्ण जानकारी तथा आफ्ना गोपनीय तस्बिर, भिडियो पनि सेभ गरेर राखेका हुन्छन्।

फोन हराउँदा यी सबै आफ्ना महत्वपूर्ण टिपोटहरु पनि हराउँछन् । जस कारण हराएको वा चोरी भएको फोन फिर्ता ल्याउनु पर्ने हुन्छ, तर कसरी रु हो, यसबारे यहाँ जानकारी दिने प्रयास गरिएको हो । हराएको फोन खोजी गर्ने एक उत्कृष्ट माध्यम आईएमईआई नम्बर हो। आईएमईआईको पूर्णरुप इन्टरनेशनल मोबाइल इक्युपमेन्ट आइडेण्टिटी हो।

हराएको वा चोरी भएको मोबाइल फेला पार्न एक मोबाइल एपको प्रयोग गरी, उक्त एपमा आफ्नो हराएको फोनको आईएमईआई नम्बर राखेर मोबाइललाई ट्रयाक गर्न सकिन्छ। हराएको फोनमा सिम कार्ड, ईन्टरनेट र जीपीएसको पहुँच नहुँदा समेत आईएमईआई नम्बर प्रोयोग गरि मोबाइललाई ट्रयाक गर्न सकिन्छ।

आईएमईआई नम्बर मोबाइलको बक्सामा भेट्टाउन सकिन्छ। उक्त नम्बर मोबाइलको बक्सामा टाँसिएको स्टीकरमा हुने गर्दछ। यसका साथै मोडेल नम्बर र सिरियल नम्बर पनि स्टिकरमा भेट्न सकिन्छ। आईएमईआई नम्बर १५ अंकको हुन्छ। आईएमईआई नम्बर प्राप्त गरेपछि, अर्को फोनमा आईएमईआई फोन ट्र्याकर एप्स गुगल प्ले स्टोरबाट निःशुल्क डाउनलोड गर्न सकिन्छ।

अर्को फोनमा उक्त एप डाउनलोड गरे पश्चात एपमा आफ्नो हराएको फोनको आईएमईआई नम्बर राखेर हराएको मोबाइललाई ट्रयाक गर्न सकिन्छ। मोबाइलको लोकेसन सन्देश मार्फत प्राप्त गर्न सकिन्छ। साथै, फोन चोरी वा हराएपछि तुरुन्त नजिकको प्रहरीमा चौकी खबर गर्न जाँदा आफ्नो हराएको फोनको आईएमईआई नम्बर साथमा लिएर जानुपर्दछ।

हराएको मोबाइल खोजी गर्ने प्रहरीको विभिन्न माध्यम मध्ये एक आईएमईआई नम्बर पनि हो । यही नम्बरबाट प्रहरीले फोन ट्र्याक गर्ने गर्दछ। फोन खरीद गरेपछि फोनको आईएमईआई नम्बर टिपोट गरि सुरक्षित राख्नुहोस्।

प्रकाशित मितिः २०७७ साउन १६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *