गूगल वानको मोबाइल एपमा अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने

भक्तपुर न्यूज

१५ साउन २०७७ ८:५५

गूगल वानको मोबाइल एपमा अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने

काठमाडौं । गूगल वानको मोबाइल एपबाट अब १५ जीबी स्टोरेज निशूल्क प्रयोग गर्न सकिने भएको छ । गूगलले बुधबार गूगल वान एपमा १५ जीबी स्टोरेज निशूल्क उपलब्ध भएको घोषणा गरेको हो ।

अब प्रयोगकर्ताले गूगल वानको एन्ड्रोइड र आईओएस मोबाइल एप डाउनलोड गरी यसको प्रयोग गर्न सक्ने छन । यदि १५ जीबी भन्दा बढी स्टोरेज आवश्यक परेमा पैसा तिरेर खरिद गर्न सकिने छ ।

गूगल वान दुईवर्ष अगाडी सार्वजनिक भएको थियो । । यसमा फोटो, भिडियो, कन्ट्याक्ट, टेक्स्ट लगायतलाई स्टोर गर्न सकिन्छ । गूगल वानको एपबाट ब्याकअप गरिएको फाइललाई डिलिट गर्न मिल्छ ।

प्रकाशित मितिः २०७७ साउन १५ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *