गुगलका कर्मचारीलाई अर्को बर्षसम्म घरबाट काम गर्न अनुमति

भक्तपुर न्यूज

१३ साउन २०७७ ७:१२

गुगलका कर्मचारीलाई अर्को बर्षसम्म घरबाट काम गर्न अनुमति

काठमाडौं । कोरोना संक्रमण लगातार फैलिरहेको कारण गुगलले संसारभरीका आफ्नो कर्मचारीहरुलाई घरबाट काम (वर्क फ्रम होम) गर्ने व्यवस्था गरेको छ ।

कम्पनीले यस सेवा आउँदो वर्षको जुनसम्म जारी राख्ने निर्णय गरेको छ । गुगल र यसका मुख्य कम्पनी अल्फाबेटका विश्वभरी नियमित र साझेदारी गरी दुई लाख भन्दा धेरै कर्मचारी रहेका छन् ।

गुगलका प्रमुख सुन्दर पिचाईले सबै कर्मचारीलाई एक ईमेल जारी गरेका छन्, “कर्मचारीहरुलाई आउँदो योजना तयार गर्नको लागि अवसर दिदै हामी पुरै विश्वभरीमा रहेका आफ्नो कर्मचारीलाई घरबाट काम गर्ने विकल्प प्रदान गर्दै छौं र सन् २०२१ को जुन महिना सम्म यो लागु हुनेछ ।” तबसम्म उनीहरुलाई कार्यालय जान आवस्यकता नभएको बताइएको छ ।

पिचाईले हालै भारतमा ७५ हजार करोड रुपैयाको योजना सार्वजनिक गरेका थिए, जसमा अघिल्लो सात वर्षमा भारतीय अर्थव्यवस्थालाई डिजिटल बनाउने योजना रहेको छ ।एजेन्सी

प्रकाशित मितिः २०७७ साउन १३ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *