लामखुट्टेले रगत चुस्ने तथ्य थाहा पाएर वैज्ञानिक पनि छक्क परे
काठमडौं । वर्षाको बेलामा लामखुट्टेको तनावमा नपर्ने सायद नेपाली कोहि पनि छैनन् होला । तर, के तपाईंलाई थाहा छ किन लामखुट्टेले मानिसको रगत चुस्छ ? लामखुट्टेमा मानिसको रगत पिउने बानीमा कसरी फसे वैज्ञानिकहरूले यसको कारण पत्ता लगाएका छन । वैज्ञानिकहरूले पत्ता लगाएको कारण थाहा पाउँदा तपाईं छक्क पर्नुहुनेछ । किनभने संसारमा पहिला लामखुट्टे मासिनको रगत पिउनको बानी थिएन । यो बिस्तारै परिवर्तन भएको रहेछ ।
लामखुट्टेहरूले मानिस र अन्य जनावरहरूको रगत पिउन थाले किनकि तिनीहरू सुख्खा क्षेत्रमा बस्ने गर्थे । जब मौसम सुख्खा हुन्छ र लामखुट्टेहरूले आफ्नो प्रजननको लागि पानी पाउँदैनन् तब तिनीहरूले मानव वा जनावरको रगत चुस्न थालेका हुन ।
न्यु जर्सीको प्रिन्सटन विश्वविद्यालयका वैज्ञानिकहरूले अफ्रिकाको एडीज एजिप्टीको लामखुट्टे अध्ययन गरे । यी लामखुट्टे हुन् जसका कारण जीका भाइरस फैलाउछन । यसको कारणले नै डेंगू र पहेंलो ज्वरो पनि आउन सक्छ ।
न्यू साइन्टिस्टमा प्रकाशित प्रतिवेदनका अनुसार अफ्रिकाको लामखुट्टेमा एडीज एजिप्टी लामखुट्टेका थुप्रै प्रजातिहरू छन् । सबै प्रजातिको लामखुट्टेले रगत पिउँदैन । तिनीहरू अन्य खानेकुराहरूबाट बाँचेका हुन्छन् ।
प्रिन्स्टन युनिभर्सिटीका एक अनुसन्धानकर्ता नोआह रोजका अनुसार कसैले पनि विभिन्न प्रजाति लामखुट्टेहरूको आहारको अध्ययन गरेका छैनन् । अफ्रिका सब९सहारा क्षेत्रमा २७ स्थानहरूबाट एडीज एजिप्टी लामखुट्टे अण्डा लिएर अध्ययन गरेको उनले बताए ।
यी अण्डाहरूबाट लामखुट्टेहरू जन्मन दियौं । तब मानव, अन्य प्राणीहरू, जस्तै गिनी पिगले तिनीहरूलाई प्रयोगशालामा बन्द डिब्बहरूमा छोडिदियौं ताकि उनीहरूको रगत पिउने बानी बुझ्न सकियोस । त्यहा एडीज एजिप्टी लामखुट्टेको बिभिन्न प्रजातिहरूको लामखुट्टेको खाना पूर्ण रूपमा फरक पायौं उनले बताए ।
नोआह भन्छन, यो गलत साबित भयो कि सबै लामखुट्टेहरूले रगत पिउछन । यो त्यहाँ अधिक खडेरी र तातो क्षेत्रमा पर्छ । पानी पनि कम छ । त्यस्तो क्षेत्रमा लामखुट्टेलाई प्रजननको लागि ओस चाहिन्छ । पानीको अभाव पूरा गर्न, लामखुट्टेहरूले मानिस र अन्य जीवहरूको रगत पिउन थाल्दा रहेछन् ।
मानिस वा जनवारको रगत पिउने बानी धेरै हजार बर्षमा लामखुट्टे भित्र आएको छ । एडीज एजिप्टी लामखुट्टे भने बढ्दो शहरहरूको कारणले पानीको अभाव हुँदै गएपछि संघर्ष गर्न थाले त्यसपछि तिनीहरूले मानव रगत पिउन बाध्य हुन थाले ।
तर जहाँ मानिसहरू पानी भण्डार गर्छन्, त्यहाँ एनोफिलिस लामखुट्टे (मलेरिया रोग ल्याउने) सजिलै तरिकाले आउन सक्छ । तिनीहरूले आफ्नो प्रजन कूलर, गमलाहरू र क्यारीहरू जस्ता ठाउँहरूमा पैदा गर्छन् । तर, पानीको अभाव हुने बित्तिकै उनीहरूले रगत पिउन मानव वा अन्य जीवहरूमाथि आक्रमण गर्छन् । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ११ आइतबार