यस्तो छ मोबाइल ह्याक भएको थाहा पाउने तरिका
काठमाडौं । मोबाइल फोनका सबै प्रयोगकर्ता सूचना र प्रविधिमा पोख्त हुदैनन् । सूचना प्रविधिको भरपुर ज्ञान नभएकै कारण तपाई हामी जो कोहीलाई मोबाइल ह्याक भएको थाहा नै नभएको पनि हुन सक्छ ।
मोबाइल ह्याक भएको थाहै नपाइ ह्याकरले महत्वपूर्ण विवरण नै चोरी सकेको पनि हुन सक्छ । यस्तो अवस्थामा यहाँ हामी तपाईलाई त्यस्ता केही टिप्स दिदैछौं जसले तपाईको फोन ह्याक भएको पत्ता लाग्छ ।
मोबाइलको गति – यदि तपाईको फोन अत्यन्तै कम स्पीडमा चलिरहेको छ भने त्यो कुनै भाइरस वा मलीसियम खालको प्रोगामका कारणले हुने गर्दछ ।
मलीसियम यस्तो प्रोगाम हो, जसले फोनको पर्फमेन्स र प्रयोगकर्ताहरुलाई प्रत्यक्ष रुपमा नोक्सान पुर्याउने गर्दछ । जसले तपाईको फोन ह्याक हुने खतरा बढी हुन्छ ।
मोबाइल धेरै तात्नु – यदि तपाईको फोन धेरै नै तातिरहेको छ भने फोनमा कुनै मलीसियम एप्लिकेशन ब्याकग्राउण्ड चलिरहेको हुनसक्ने अमेरिकी इंल टेक्नोलोजीका विशेषज्ञले बताएका छन् । यसले तपाईको फोन ह्याकरको निशानामा परेको संकेत गर्दछ ।
पहिचान नै नहुने म्यासेज – कुनै समयमा तपाईको फोन ह्याक भएको खबर पहिले नै थाहा हुन्छ । कयौँ पटक तपाईको फोनमा म्यासेज आफेसआफ आउने गर्दछ वा तपाईको फोनबाट पनि आफै जाने गर्दछ । यस्तोमा फोन ह्याक भएको बुझ्दा हुन्छ ।
नयाँ विन्डो – कयौँ पटक आफेसआफ तपाईको मोबाइलमा विज्ञापनको रूपमा आउने जानकारीलाई क्लिक गर्दा नयाँ ट्याव (विन्डो) खुलेमा त्यहाँ पनि मोबाइल ह्याकको खतरा बढी हुन्छ ।
ब्याकग्राउण्डको आवाजः इन्टरनेटमा काम गरिरहेको बेलामा कयौँ पटक अनौठो खालको आवाज पनि आउने गर्दछ वा वेब पेजमा असामान्य र नराम्रा कुराहरु पनि देखिने गर्दछन् ।
यस्तो अवस्थामा पनि मोबाइल ह्याक हुन सक्ने भएकाले सावधानी अपनाउन विशेषज्ञहरूले सुझाव दिएका छन् ।
कसरी जोगिने ?
त्यसैले आउटडेटेड फोनको प्रयोग नगर्नु नै सबैभन्दा राम्रो उपाय हो । यदि तपाईसँग नयाँ फोन किन्ने पैसा छैन र तपाईं पुरानै फोन चलाउँदै हुनुहुन्छ भने तपाईंले फोनलाई सुरक्षित राख्न केही काम गर्नसक्नुहुन्छ ।
सबैभन्दा पहिलो कुरा भनेको त्यसमा पछिल्लो सफ्टवेयर इन्स्टल भएको कुरा सुनिश्चित गर्नुहोस् । यदि तपाईंले पुरानो फोन प्रयोग गरिरहनुभएको छ भने त्यसलाई राम्रोसँग फ्याक्ट्री रिसेट गर्नुहोस् ।
अनअफिशियल वा थर्ड पार्टीबाट कुनै पनि एप डाउनलोड गर्ने वा सार्ने काम नगर्नुहोस् । एन्ड्रोइडका लागि गूगल प्लेस्टोर तथा आईफोनका लागि एप्पल एप स्टोरबाट मात्रै एपहरु डाउनलोड गर्ने गर्नुहोस् ।
वेबसाइटबाट एपीके फाइल डाउनलोड गरेर एप इन्स्टल गर्ने काम आजैबाट बन्द गरिदिनुहोस् । यसबाट मेलिसियस अर्थात जोखिमपूर्ण सफ्टवेयरहरु तपाईंको फोनमा आउन सक्छन् ।
प्रकाशित मितिः २०७७ साउन ०५ सोमबार