संसारकै महंगो मेमोरी ड्राइभः क्षमता १०० टिबी, मूल्य ४० हजार डलर

भक्तपुर न्यूज

२६ असार २०७७ ८:११

संसारकै महंगो मेमोरी ड्राइभः क्षमता १०० टिबी, मूल्य ४० हजार डलर

काठमाडौं । अमेरिकी डाटा स्टोरेज कम्पनी निम्बुस डाटाले विश्वकै सबैभन्दा महंगो स्टोरेज ड्राइभ बजारमा ल्याएको छ । १ सय टेराबाइट स्टोरेज क्षमताको उक्त सोलिड स्टेट ड्राइभ ९एसएसडी० को मूल्य ४० हजार अमेरिकी डलर तोकिएको छ ।

सबैभन्दा ठूलो सोलिड–स्टेट ड्राइभ अर्थात् मेमोरी ड्राइभ उत्पादन गर्ने कम्पनीको रुपमा विश्व किर्तिमान कायम गरेको निम्बुस डाटाले यसअघि केवल खरीद कर्ताका लागि मात्र मूल्यसूचि प्रदान गर्ने गरेकोमा अहिले उक्त ड्राइभको मूल्य आम रुपमा सार्वजनिक गरेको हो ।

सो मेमोरी स्टोरेज ड्राइभको नाम ल्ष्mदगक म्बतब भ्हबम्चष्खभ म्ऋज्ञण्ण् क्क्म् हो । त्यसमा एण्ड टू एण्ड डाटा प्रोटेक्सन प्रविधि समेत रहेको हुँदा संग्रहित डाटाहरु सुरक्षित रहने बताइएको छ ।

कम्पनीका अनुसार उक्त स्टोरेज ड्राइभ विशेष गरी औद्योगिक तथा सैन्य प्रयोजनका लागि डिजाइन गरिएको हो । यसले अधिकतम विश्वसनीयता, उच्च घनत्व तथा न्यूनतम उर्जा खपत गर्ने कम्पनीको दाबी छ । यस ड्राइभमा क्लाउड स्टोरेज, बिग डाटा, डिजिटल इमेजिङ, आर्टिफिसियल इन्टेलिजेन्स तथा टेक्निकल कम्प्युटिङ जस्ता एप्लिकेसनहरु रहेको बताइएको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ असार २६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *