अमेजनका संस्थापक जेफ बेजोस बने विश्वकै सबैभन्दा धनी व्यक्ति
काठमाडौं । विश्वको लोकप्रिय अनलाइन ईकमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको सम्पति अहिलेसम्मकै सबैभन्दा बढी भएको छ । जेफ बेजोसको सम्पति अहिले करिब १७१.६ अर्ब डलर पुगेको ब्लुमवर्गले जनाएको छ ।
कोरोना महामारीको समयमा अर्थतन्त्र खस्किएको अवस्थामा जेफ बेजोसको भने सम्पति बढेको हो । अनलाइन ईकमर्श कम्पनी अमेजनमा बेजोसको ११ प्रतिशत शेयर रहेको छ ।
गत वर्ष जेफ बजोसले आफ्नी श्रीमती म्याकेन्जी बेजोससँग डिभोर्स गर्दा उनको सम्पती कम भएको थियो । म्याकेन्जीको अमेजमा ४ प्रतिशत शेयर रहेको छ । उनको सम्पति ५६.९ अर्ब डलर पुगेको छ । म्याकेन्जी बेजोस ब्लुमवर्गको १२ औं श्रेणीमा रहेकी छिन् । एजेन्सी
प्रकाशित मितिः २०७७ असार १९ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
१५ असार २०८२ १६:१९
युक्रेनमाथि रुसको सबैभन्दा ठूलो हवाई आक्रमण
१७ असार २०८२ १२:०१