सामसुङ एम सिरिजको स्मार्टफोन ग्यालेक्सी एम ११ सार्वजनिक
काठमाडौं । सामसुङ एम सिरिजको लेटेस्ट स्मार्टफोन ग्यालेक्सी एम ११ सार्वजनिक भएको छ । यो फोन नेपाली बजारमा गएको असार ११ गतेदेखि बिक्री हुँदै आएको छ ।
साथै कम्पनीले यस फोनको फिचर पनि सार्वजनिक गरेको छ । सामसुङ एम ११ सिरिजमा पाँच हजार एमएमएचको ब्याट्री रहेको छ । यसको डिसप्ले र प्रोसेसर एकदमै शक्तिशाली रहेको कम्पनीले जनाएको छ ।
यो फोन ३ जीबी र्याम प्लस ३२ जीबी स्टोरेज, ४ जीबी र र्याम ६४ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ ।
यो फोनमा ६.४ इन्चको एचडी प्लस एलसीडी डिस्प्ले रहेको छ । साथै यो फोनमा उच्चस्तरको पर्फमेन्सका लागि क्वालकम स्नेपड्रागन ४५० चिपसेट रहेको छ । यसमा एन्ड्रोइड १० ओपरेटिङ सिस्टमले काम गर्नेछ । यसमा ट्रिपल रियर क्यामेरा राखिएको छ । जसमा १३ एमपी, २ एमपी र ५ एमपीको सेन्सर रहेको छ । यसबाहेक यसमा फ्रन्ट क्यामेरा ८ एमपीको रहेको छ ।
कम्पनीले यस फोनमा कनेक्टिभिटीको लागि फोरजी एलटीई, यूएबी २.० ब्लूटूथ ४.० र ३.५ एमएमको हेडफोन दिएको छ । यसमा १५ वाटको फास्ट चार्जिङ रहेको छ ।
मूल्य तथा उपलब्धता
यो स्मार्टफोन नेपालभरका सामसङका ब्राण्ड स्टोरहरुबाट यही असार ११ बाट उपलब्ध भइरहेको छ।
साथै यो फोन मेटालिक ब्लु, ब्ल्याक तथा भ्वोइलेट कलरहरुमा उपलब्ध छ। नेपाली बजारमा उक्त फोनको मूल्य १८ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।
प्रकाशित मितिः २०७७ असार १४ आइतबार