लकडाउन पश्चात एम्पियरका इलेक्ट्रिक स्कुटर नेपाल आउने
काठमाडौँ । नेपाली बजारमा एम्पियरका इलेक्ट्रिक स्कुटर भित्रिने भएका छन् । नेपालमा एम्पियरको आधिकारिक वितरकको रुपमा ग्रिभ्स कटन नेपालले यी स्कुटर भित्र्याउने बताएको छ । यी स्कुटरको बुकिङ प्रारम्भ भइसकेको छ । कम्पनीको अफिसियल फेसबुक पेजमार्फत यसको वारेमा विस्तृत जानकारी लिन सकिन्छ ।
एम्पियरका पाँच मोडलका ई–स्कुटर नेपाल भित्रिने भएका छन् । ती मध्ये दुई मोडल एम्प्यिर जिल र एम्पियर रियो लकडाउन पश्चात तुरुन्तै लन्च गरिने कम्पनीको भनाइ छ । यी दुई मोडल वाहेक भविष्यमा एम्पियरका तीन मोडल रियो एलिट, भी–४८ एलए र म्याग्नस ६० समेत भित्रिने छन् ।
यी स्कुटरको मूल्य हाल सार्वजनिक गरिएको छैन । यद्यपि एम्पियर जिलको मूल्य २ लाख भन्दा बढी र एम्पियर रियोको मूल्य १ लाख भन्दा बढी हुने अनुमान गरिएको छ । दुवै स्कुटरमा लिथियम आयोन ब्याट्रीको प्रयोग गरिएको छ ।
एम्पियर जिलमा १२ सय वाटको मोटरका साथै ६० भोल्ट, ३० एएचको लिथियम आयोन ब्याट्री छ, जसले सिंगल चार्जमा ७० देखि ७५ किमीको दुरी तय गर्छ । यसको स्पिड ५५ किमी प्रतिघण्टा सम्म छ ।
स्टाइलको आधारमा हेर्दा एम्पियर जिल पनि एम्पियर रियो जस्तै छ । तर यो अलि बजेट फ्रेन्ड्ली छ । यसमा २५० वाटको इलेक्ट्रिक मोटरका साथै ४८ भोल्ट, २४ एएचको ब्याट्री छ, जसको रेन्ज ५५ देखि ६० किमी प्रतिघण्टा छ । यसको टप स्पिड २५ किमी प्रतिघण्टा छ ।
प्रकाशित मितिः २०७७ असार ११ बिहिबार